बम पड्काउने, गाडी, घर जलाउने अनित-विनय नै हुन्- विमल

दार्जीलिङ, 7 नोभेम्बर।


गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले आज एक प्रेस बयान जारी गरेर 8 जून 2017-देखि यता दार्जीलिङ पहाड़मा भएका विभिन्न घट्नाहरू राज्य सरकारको निर्देशमा विनय तामाङ र अनित थापाको देखरेखमा भएका हुन् भन्ने आरोप लगाएका छन्।

उनले विज्ञप्तिमा भनेका छन्-बङ्गाल सरकारले अलग राज्य गोर्खाल्यान्डको मागलाई दबाउनको लागि विभिन्न षड्यन्त्रहरू गरिरहेको छ। म-सँगै गोर्खाल्यान्डका साँचो समर्थकहरू विरूद्ध झुटो मुद्दाहरू लगाएर डर देखाउने कार्य गरिरहेको छ। तर गोर्खाल्यान्डका साँचो समर्थक जनता पुलिसको यस्तो झुटो मुद्दासित डराएकै छैनन्। यसैले गोर्खा जनमुक्ति मोर्चाको तृणमूल स्तरका समर्थकहरूको इन्पुटअनुसार, 8 जूनदेखि यता दार्जीलिङ पहाड़मा जे-जति आगो लगाउने, तोड़फोड़का घट्नाहरू भए, ती सबै नवान्नको निर्देशमा विनय तामाङ र अनित थापाको देखरेखमा भएका हुन्। जुन कुरो आज मैले जनतासित बाँड्न चाहेको हो।

उनले विज्ञप्तिमा अझै भनेका छन्-विनय तामाङले गोर्खा जनमुक्ति मोर्चा वा म-सित कुनै सम्पर्क नगरीनै 15 जूनको दिन अनिश्‍चितकालीन पहाड़ बन्दको घोषणा गरेका थिए। यो पनि उनले राज्यको मुख्यालय नवान्नको निर्देशमानै गरेका थिए भन्ने स्पष्ट छ अनि अहिले विनय तामाङ र अनित थापाले नवान्नकै निर्देशमा पहाड़मा राजनैतिक कार्यक्रमहरू गरिरहेका छन्।

18 अगस्तको मध्य राती प्रथमपल्ट दार्जीलिङ शहरमा बम विष्फोट भयो। यो विष्फोट हुनसाथ हामी विरूद्ध यूएपीए (अन् ल फूल एक्टिभिटी प्रिवेन्टिव एक्ट) अन्तर्गत राष्ट्रद्रोहीको मुद्दा दर्ता भयो, तर विनय तामाङ, अनित थापा विरूद्ध कुनै मुद्दा दर्ता भएन। यसैबाट विनय तामाङ र अनित थापाको षढ्यन्त्र स्पष्ट हुन्छ।

यसपछि हामी विरूद्ध कैयौं मुद्दा लगाइयो, यसको ठीक विपरीत विनय तामाङहरूलाई पूर्ण सुरक्षा प्रदान गरियो साथै विनय तामाङले त्यसै अवधि वा 23 अगस्तको दिन पार्टीसित सम्पर्क नगरी स्वयंलाई पार्टीका मुख्य समन्वयक घोषित गरे। यसैले आन्दोलनकालमा भएका यी सम्पूर्ण घट्नाहरूमा यी दुइको के-कस्तो भूमिका छ, त्यसमाथि पनि केन्द्रिय जाँच एजेन्सीले जाँच गरेर सत्यता बाहिर निकाल्नुपर्छ, विमल गुरूङको माग छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन