पहाडमा शुरु भयो जनसभाको सिजनः जापले पनि गर्ने हाइटेक जनसभा

कालेबुङः जन आन्दोलन पार्टीले हाइटेक जनसभा गर्ने भएको छ। जाप प्रवक्ता टाशी शेर्पाले भने अनुसार सोसल मिडियालगायत स्थानीय केवलबाट जनसभा लाइभ हुनेछ।  पहाडको राजनैतिक परिस्थिति, १०४ दिन लामो पहाड़ बन्दको साइड इफेक्ट एवं उपलब्धि , जीएमसीसी एवं द्विपक्षीय वार्ता अनि जन आन्दोलन पार्टीको भूमिकाबारे जाप नेताहरूले सम्बोधन गर्नेछन्।

उनले 9 नोभेम्बरको दिन पार्टीको जनसभा हुने बताएका छन्। यसै दिन यता गोर्खा जनमुक्ति मोर्चाले मोटर स्ट्याण्डमा जनसभा गरिरहेको छ। आन्दोलन सकिएपछि अहिले सबैको ध्यान जनसभातिर गइरहेको छ। अहिले गोरामुमो, गोजमुमो जनसभामा सक्रिय देखिएको छ भने लहरमा अब जापलाई पनि देखिने भएको छ।

शेर्पाले जापका शिर्ष नेता डा. हर्कबहादुर छेत्री र अमर लामाले जनसभालाई सम्बोधन गर्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन