ओसी शिव सागर छेत्री र प्रणय शिलालस्मृति भेटरेन्स फुटबल प्रतियोगिता हुने

 

कालेबुङः टिस्टामा वाहन दुर्घटनामा परेर ज्यान गुमाउने रम्बी ओसी स्व. शिवसागर छेत्री र फुटबलर स्व. प्रणय शिलालको स्मृतिमा भेटरेन्स फुटबल प्रतियोगिता हुने युनाइटेड भेटरेन्स क्लबका अध्यक्ष युवराज छेत्रीले बताएका छन्।

10 देखि 12 नोभेम्बरबीच यो प्रतियोगिता हुने भन्दै विनर्स ट्रफी स्व. शिव सागर छेत्री एवं उपबिजेता ट्रफी क्लबका पूर्व सचिव प्रणय शिलाल स्मृतिमा दिइनेछ। दुवै दिवगत फुटबल खेलाडी थिए अनि क्लबका सदस्य थिए। उनीहरूको नाममा दार्जीलिङ, सिक्किम, डुवरस, सिलगढीका भेटरेन्स फुटबलरहरूलाई निम्त्याएर प्रतियोगिता हुँदै आइरहेको छ।

छेत्रीले बताएअनुसार 40 देखि 45 बीच उमेरका खेलाडीहरूले प्रतियोगितामा भाग लिन पाउनेछन्।  क्लबका सचिव राजेश सुब्बाले यसपल्ट दार्जीलिङका 3 टीम, डुवर्सका दुई टीम, सिक्किमका २, कालेबुङका २, सिलगढीका १ टीमले प्रतियोगिता भाग लिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन