जिमखानाको नयाँ कमिटी गठन

दार्जीलिङ, 8 नोभेम्बर।


दार्जीलिङ जिमखाना क्लबको नयाँ कमिटीको गठन भयो, जसको अध्यक्ष मिलन तामाङ, उपाध्यक्ष तिलक देवान, मेम्बर सचिव पेम्बा तामाङ र संयुक्त सचिव साङ्गे छिरीङ भोटिया निर्वाचित भए।

यसको जानकारी गराउँदै क्लबका अध्यक्ष मिलन तामाङले भने-दार्जीलिङ जिमखाना दार्जीलिङको गौरव हो, अब क्लबको यस नयाँ कमिटीले यस क्लबको पुरानो गौरव फर्काउनको लागि हरसम्भव प्रयास गर्नेछ।

एक प्रश्‍नको उत्तरमा तामाङले भने-जिमखाना एक अराजनैतिक संस्था हो र यसमा अहिलेसम्म राजनैतिक हस्तक्षेप भएको छैन। तरै पनि 2015-16-मा क्लबको चुनाउ भएको थिएन, यसैले हिजो क्लबको एक विशेष आम सभा गरेर नयाँ कमिटीको गठन गरिएको हो। जसमा 13 जना कार्यकारी सदस्य चयन भएका छन्। ब्रिटिशकालमा स्थाहपना भएको दार्जीलिङ जिमखाना क्लबमा हाल 462 जना सदस्य छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन