पहाड़ बन्दावधिको राशिन दिनुपर्छः एचपीडब्लुयू

दार्जीलिङ, 9 नोभेम्बर।

गोरामुमो र यसको श्रमिक संगठनका प्रतिनिधिहरूले आज फूड एण्ड सप्लाई विभाग दार्जीलिङका सव्-डिभिजनल कन्ट्रोलरसित भेट गरी चियाबगानका श्रमिकहरूलाई दिइने राशिनमा कुनै कटौती नगर्ने माग गरेको छ।

गोरामुमोको श्रमिक संगठन हिमालयन प्लान्टेशन लेबर युनियनका महासचिव जेबी तामाङले यसैको जानकारी गराउँदै भने-हाल काममा लगातार नजाने श्रमिकहरूको राशिनको कोटा काट्ने काम भइरहेको छ, यो पूर्णरूपले अवैध हो। किनभने, प्रत्येक चियाश्रमिक साथै चियाबगानवासी जनताले 2 रूपियाँ प्रतिकिलो ग्रामको राशिन पाउने अधिकार छ। तर हाल धेरैवटा चियाबगानमा काममा अनुपस्थित हुने श्रमिकहरूको राशिन काट्ने काम भइरहेको छ। यसैले अबोप्रान्त श्रमिकहरूको राशिन काट्न बन्द गर्ने विषयमा सव्-डिभिजनल कन्ट्रोलरसित कुराकानी भएको छ। यसरीनै उनले दार्जीलिङ पहाड़मा आउने मट्टितेलको कोटा लगभग 4 लाख 10 हजार लिटर मासिकरूपमा घटाइएको पनि जानकारी गराउँदै यो मट्टितेलको कोटालाई बढ़ोत्तरी गर्नपर्ने बताए।

उनले भने-दार्जीलिङ पहाड़मा गोर्खाल्यान्डको आन्दोलन शुरू हुनअघि अर्थात गत मई महीनामा दार्जीलिङ पहाड़मा मोठ 8 लाख 40 हजार लिटर मट्टितेल आउँथ्यो, तर यो आन्दोलन सकिएपछि दार्जीलिङ पहाड़मा केवल 4 लाख 30 हजार लिटर मात्रै मट्टितेल आइरहेको छ। यसबारे सव्-डिभिजनल कन्ट्रोलरले प्रतिनिधि टोलीलाई सन्तोषजनक जवाब दिन नसकेको पनि तामाङले बताए। यस विषय लिएर सव्-डिभिजनल कन्ट्रोलरले प्रतिनिधि टोलीलाई जिल्लापाल वा शीर्ष अधिकारीवर्गसित भेट गर्ने बताएकोे पनि तामाङले जनाए। यसका साथै गोरामुमोको प्रतिनिधि टोलीले दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई दार्जीलिङ पहाड़ बन्द अवधिको पनि राशिन दिनुपर्ने माग राखेको छ अनि यस विषयमा पार्टी प्रतिनिधिले शीघ्रै राज्यका खाद्यमन्त्रीसित पनि भेट गर्ने कार्यक्रम बनाएको तामाङले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन