
- मोहन लामा, दार्जीलिङ, 2 मई/2017
आठौं श्रेणी पढ्ने चौथो बालिकालाई प्राचार्यले आफ्नो च्याम्बरमा अन्य विद्यार्थीहरुको प्रमाण पत्र हेरेर रेजिस्टरसित मिलाउने काम दिए, त्यसैअनुरूप चौथो बालिका प्राचार्यको च्याम्बरमा गइन्। तर उक्त बालिका आफ्नो च्याम्बरमा आउनसाथ प्राचार्य प्रधानले च्याम्बरको देैलो थुने अनि उनीमाथि दुष्कर्म गरे।
खरसाङ महकुमाको गाड़ीधुरा थानाअन्तर्गत पर्ने ग्रेस एकाडेमी अंग्रेजी स्कूलका मालिक एवं प्राचार्य प्रदीप प्रधानलाई दार्जीलिङ अदालतले आज आजीवन कारावासको सजाय दियो। यसका साथै उनी विरूद्ध अदालतले 50 हजार रुपियाँ जरिमाना पनि तिर्ने निर्देश दिएको छ। उनले यो जरिमाना राशि तिर्न नसके उनको कारावास सजाय अझै दुइ वर्षको लागि बढ्ने तय भएको दार्जीलिङ अदालतका पीपी (पब्लिक प्रोजिक्यूटर) प्रणय राईले जानकारी गराएका छन्।
उनले बताएअनुसार, 11 सितम्बर 2014-को दिन ग्रेस एकाडेमी स्कूल छुट्टी थियो, त्यसै मौका छोपेर उनले यसै स्कूलमा अध्ययन गर्ने चारजना बालिका विद्यार्थीहरुलाई स्कूलमा बोलाए। स्कूलका प्राचार्यले बोलाएको विषयलाई गम्भीरता लिंदै चारजना बालिकाहरु त्यस दिन स्कूल गए अनि तीमध्ये 3 जना विद्यार्थीलाई प्राचार्य प्रधानले तेस्रो श्रेणीका विद्यार्थीहरुको प्रमाण पत्र जाँच्न सघाउने निर्देश दिए।
तर आठौं श्रेणी पड़्ने चौथो बालिकालाई प्राचार्यले आफ्नो च्याम्बरमा अन्य विद्यार्थीहरुको प्रमाण पत्र हेरेर रेजिस्टरसित मिलाउने काम दिए, त्यसैअनुरूप चौथो बालिका प्राचार्यको च्याम्बरमा गइन्। तर उक्त बालिका आफ्नो च्याम्बरमा आउनसाथ प्राचार्य प्रधानले च्याम्बरको देैलो थुने अनि उनीमाथि दुष्कर्म गरे। पीपी राईले भने-यो घट्ना भएको भोलिपल्टनै बालिकाका अभिभावकहरुले गाड़ीधुरा थानामा एक एफआईआर गरेको थियो र उक्त एफआईआरको आधारमानै पुलिसले प्रदीप प्रधानलाई पक्राउ गरेको थियो।
यसपछि जारी रहेको जाँच प्रक्रियामा प्रदीप प्रधान दोषी प्रमाणित भए अनि आज उनी विरूद्ध आजीवन कारावासको सजाय निर्धारित भयो। यस सम्बन्धमा अदालतमा 14 जनाले साक्षी दिएको पनि जानकारी गराउँदै उनी विरूद्ध 50 हजार रुपियाँ जरिमाना तिर्ने निर्देश दिइएको पनि बताएका छन्।