दोस्रो विश्वयुद्धमा लापत्ता सैनिकहरूको खोजीमा भारत आयो अमेरिकी दल

कोलकाताः

लापत्ता मानिसहरूको खोजी गर्ने अमेरिकाको डिफेन्स एजेन्सी(डीपीएए) को एउटा टोली भारत आएको छ। यो दल दोस्रो विश्वयुद्धपछि लापत्ता भएका अमेरिकी सैनिकहरूको अवशेषहरूलाई खोजी गर्न भारत आएको हो। जानकारी रहोस्, भारतमा 400 अमेरिकी वायुसेना कर्मी लापत्ता भएका थिए अनि उनीहरू धेरजसोको अवशेष हिमालयमा रहेको अनुमान छ।

अमेरिकी दलको 2013 पछि यो पाँचौँ मिसन

कोलकातामा स्थित अमेरिकी महिवाणिज्य दातावासबाट जारी प्रेस विज्ञप्तिको अनुसार पछिल्लो वर्ष डीपीएएले लापत्ता भएका अमेरिकी पाइलटको अवेशेषका खोजीको निम्ति पूर्वोत्तर भारतमा 30 दिनको निम्ति एउटा टिम पठाएको थियो अनि 2013 पछि भारतमा यो उनीहरूको पाँचौँ मिसन हो।

दोस्रो विश्वयुद्धअवधि अमेरिकी विमानले चिनी सेनाको सामानहरूको आपूर्ति गर्नका निम्ति हिमालयभन्दा माथि उडान भरेको थियो। यसमध्ये कैयौँ विमान लापत्ता भएको थियो अनि ती विमानहरू कहिले भटिएन। हिमालयमा नै ती बाहनहरू क्र्यास भएको मानिन्छ।

2015-16 मा पाइएको थियो अवशेष

2015-16 मा डीपीएए मिसनको अवधि केही अवशेषहरू भेटिएको थियो। डीएनए जाँचद्वारा यसको पहिचान गरिने प्रक्रिया चलिरहेको छ। 2015 मा पाएको केही अवशेष अमेरिकी वायुसेनाको पहिलो लेफ्टिनेन्ट रोबर्ट ई अक्सफोर्डको हो।

यसको पुष्टि भइसकेको छ। यो वर्ष पनि टीमले पूर्वोत्तर क्षेत्रमा यस्तै मिसन चलाउनेछ अनि कैयौँ अलग-अलग स्थलहरूको सर्वक्षण पनि गर्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन