2021 मा हुनेछ तृणमूल कङ्ग्रेसको विदाई – मुकुल

कोलकाता : 2011 सालमा बङ्गालबाट तृणमूल कङ्ग्रेसको विदाइ हुनेछ। हालैमा भाजपामा सामेल भएका मलुल रायले  यो कुरा भनेका हुन्। उनले बिहिबार प्रदेश भाजपा कार्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गरे। यस अवसरमा राज्यसभा सासंद् रूपा गाङ्गुली पनि उपस्थित थिइन्। दुवै नेताले संयुक्त रूपमा पत्रकारहरूको प्रश्नको जवाब दिए। मुकुलले भने, भाजपाले तृणमूलको निम्ति एक इञ्च जमीन पनि छोड्नेछैन। 2018 को पञ्चायत चुनाउ अनि 2019 को लोकसभा चुनाउमा यस्तो अनुपातमा सिट प्राप्त गर्नेछ कि राज्यको सत्ताबाट तृणमूल कङ्ग्रेसको विदाई हुनेछ। 2021 सम्मका राज्यबाट तृणमूल कङ्ग्रेसको पूर्ण रूपमा विदाइ हुने रायले बताए।

रायले भने कि हरेक क्षेत्रमा वाममोर्चा विफल भएपछि जनताले तृणमूल कङ्ग्रेसलाई चुनेको थियो। तृणमूलद्वारा विकास हुन्छ भन्ने राज्यका मानिसहरूको विश्वास थियो तर त्यसको ठिक उल्टा भयो। उनले भने, आज राज्यमा गणतन्त्र नामको चिज छैन। कुनै पनि विपक्षी दलले राजनैतिक स्थान पाउन सकेको छैन। मुकुलले 10 नोभेम्बरको दिन धर्मतल्लामा आयोजित हुने भाजपाको जनसभालाई महत्त्वपूर्ण बताए। सभामा भाग लिन राज्यको विभिन्न ठाउँहरूबाट पार्टी कार्यकर्ता एवं समर्थकहरू आइरहेको बताए। सभालाई केन्द्र गरेर ठाउँ-ठाउँमा वाधा दिने काम भइरहेको उनले आरोप लगाए। यस अवसरमा राज्यसभा सासंद रूपा गाङ्गुलीले फूलगुच्छा दिएर मुकुल रायलाई स्वागत गरे।(स्रोतः दैनिक जागरण)

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन