मिरिक नगरपालिका क्षेत्रमा सडक निर्माण गरिँदैः नगरभित्र मोठ 31 किलोमिटर सडक बनाउने योजना

मिरिकः

मिरिक नगरपालिकाको वार्ड नम्बर-3 मा बुधबारदेखि सडक निर्माण कार्य शुरू भएको छ। मिरिक नगरपालिका अन्तर्गत निर्माण कार्य आरम्भ भएको छ। शुक्रबार मिरिक नगरपालिका अध्यक्ष एलबी राईको उपस्थितिमा उपाध्यक्ष एमके जिम्बाद्वारा हिन्दु धर्म परम्परा अनुसार नरिवल फुटाएर सडक निर्माण कार्यको शिलान्याश गरियो।

यो सडक निर्माण कार्य डेढ किलोमिटरको हो, जहाँ म्यास्टिक ओछ्याइनेछ। जसको लागत खर्च 65 लाख रूपियाँ रहेको छ। एक महिनाभित्र उक्त कार्य पूर्ण गर्ने नगरपालिकाको योजना छ। यस अवसरमा मिरिक नगरपालिका उपाध्यक्ष एमके जिम्बा, नगर पार्षदहरू सञ्जीव लामा, निमारिदा भोटिया, बनिता राई, पाल्मु तामाङ, पुनम विश्व, हेमकुमार तामाङ आदि उपस्थित थिए। मिरिक नगरपालिकाका विभिन्न क्षेत्रलाई मुख्य सडकसित जोड्न नगरपालिकाले सडक निर्माण कार्य थालेको बताँउदै नगरपालिका अध्यक्ष एलबी राईले नगरपालिकाको विभिन्न वार्डमा ३१ किलोमिटर सडक निर्माण गरिने अनि सबै सडकमा मेस्टिक ओछ्याइने उनले बताए। उनले सडक व्यवस्थित छ भने नै कुनै पनि क्षेत्रको सर्वाङ्गिन विकास हुन्छ भन्दै नगरपालिकाले द्रुत गतिमा विकासका कार्यलाई अघि बढाउने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन