मिरिकका पर्यटन केन्द्रहरू सुन्दरीकरण गरिँदै

मिरिकः

मिरिकका विभिन्न पर्यटकीय केन्द्रहरूको सुन्दरीकरण गरिने काम आरम्भ भएको छ। मिरिक नगरपालिकाको पहलमा पहिलो चरणको सुन्दरीकरण कार्य आरम्भ गरियो। बिहिबार नगरपालिका अध्यक्ष एलबी राईको उपस्थितिमा मिरिक पर्यटन केन्द्रको प्रमुख आकर्षण मिरिक झीलमा रहेको इन्द्रेणी पुल परिसरको सफाई गरियो। मिरिक झिल अनि अन्य पर्यटन केन्द्रहरूको सुन्दरीकरण जीटीए मार्फत गरिने राईले बताए। तिनले मिरिक पर्यटन केन्द्रलाई सुन्दर र व्यवस्थित गर्न नगरपालिकाले सक्रिय कार्य गर्ने भन्दै मिरिकलाई एउटा नमुना पर्यटन केन्द्र बनाउने नगरपालिकाको योजना रहेको बताए। उनले सम्भवतः छ महिनाभित्र सुन्दरीकरणको काम पूर्ण हुने आश्वास्त गराएका छन्।

‘मिरिकमा धेरै पर्यटकहरू भित्राएर यहाँको पर्यटन उद्योगलाई विकसित गरिनेछ अनि यहाँका बेरोजगारहरूलाई रोजगारको अवसर पनि प्रदान गरिनेछ’-नगरपालिका अध्यक्ष राईले भने, मिरिकलाई सुन्दर र व्यवस्थित बनाउन नगरपालिकाले थुप्रै योजना तयार पारेको छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन