विमल गुरुङले फेरि गरे चाँडै जनताअघि आउने घोषणा, भने, ‘‘बीजीपेले हाम्रो निम्ति केही न केही सोचेको छ, त्यही चिजको प्रतीक्षा गरिरहेका छौँ’’

दार्जीलिङः

‘जोपनि यता उता जाँदैछन्, सबै चुपो लागेर बसिदिने। समयको प्रतीक्षा गर समय बलवान् छ। समयले अवश्यै तपाईँको योगदान र तपाईँको विचारलाई पूरा गर्नेछ’-आज फेरि गोजमुमो अध्यक्ष विमल गुरुङले एउटा अडियो जारी गर्दै भने, ‘आउने दिनमा छिट्टोभन्दा छिट्टो अघाडी आएर तपाईँहरूसित बात मार्नेछु, आदान-प्रदान गर्नेछु, सँगगसँगै दिल्लीमा पनि गएर योगदानको कुरा राखेर समस्याको समाधान गर्नेछु।’

करीब 5 महिनादेखि जनताअघि आउन नसकेका गोजमुमो अध्यक्ष विमल गुरुङले जनतालाई अझ केही समय प्रतीक्षा गरिदिने आह्वान गर्दै चाँडै जनताअघि आउने आश्वासन दिएका छन्। आज गुरुङद्वारा जारी गरिएको अडियोमा केही दिन प्रतीक्षा गर्ने आह्वान गर्दै आउने दिनमा सबैथोक राम्रो भएर जाने पनि आवश्वस्त गराइएको छ।

गुरुङको अडियो सुन्दा के थाह लाग्छ भने उनी अझै पनि केन्द्रको भाजपा सरकारसित आशावादी छन्। अझ पनि उनी केन्द्रको भाजपा सरकारले नै केही गरीदिन्छ भन्ने आशामा नै बसेको कुरा उनको भनाइको आशय छ।

‘बीजीपेले हाम्रो निम्ति केही न केही सेचोको छ, त्यही चिजको प्रतीक्षा गरिरहेका छौँ’-गुरुङले भनेका छन्, ‘केही समय लाग्दा तर राम्रै हुन्छ।’ विमल गुरुङले अडियोमार्फत केही नेतृत्वहरूले जातिलाई धोका दिएर स्वार्थको राजनीति गरिरहेको पनि आरोप लगाएका छन्।

‘बङ्गालको कालो नीति, तानाशाही राजनीतिले गोर्खा सन्तानको पहिचानलाई डामाडोल पार्ने काम गरिहहेको छ’-विमल गुरुङले भनेका छन्, ‘दुईचारजना व्यक्तिहरूले भात खाने राजनाति मात्र गरिरहेका छन्, ‘स्वार्थपूर्तिको राजनीति गरिरहेका छन्।’ गुरुङले केही व्यक्तिहरूले गरिरहेको स्वार्थको राजनीतिबारे जनतालाई पनि स्पष्ट रूपमा थाहा भइसकेको बताएका छन्।

यतिखेर विमल गुरुङ आफूसित कोही नभएकोमा दुःखी छन्। यद्यपि उनले नजिकैबाट यहाँको परिस्थितिलाई हेरिरहेको बताउँदै भनेका छन्, ‘राम्रो, सुख, खुशी हुँदा वरिपरि घेरेर, लामेताँत लागेर सर-सल्लाह गर्ने गर्थे, मन्तव्य पाख्ने काम गर्थे। तर दुःखको बेला पीर-मर्का सेयर गर्ने व्यक्ति खोज्दा पनि पाउन सकेको छुइन।’ गुरुङले अहिले पहाडमा पुलिसको बलमा राजनीति भइरहेको आरोप लगाएका छन्।

गुरुङले भनेका छन्, ‘यहाँ अन्याय र अत्याचार भइरहेको छ। पुलिस लगाएर तानाशाहीको राजनीति भइरहेको छ। विनयको ग्रुपमा बसिस् भने मुद्दा लगाउँछौँ, विमलसित बस्यो भने मुद्दा लगाउँछु भनेर डर देखाउने कोशिश हुँदैछ।’ गुरुङले यति हुँदाहुँदै पनि जनता अझ नथाकेको भन्दै राम्रो दिन चाँडै आउने अनि यो टाडो नरहेको बताएका छन्।

यस क्रममा उनले विनय तामाङप्रति लक्ष्य गर्दै 105 दिने बन्द विनय तमाङले नै बोलाएको कुरा दोहोऱ्याउँदै भनेका छन्, ‘105 दिनको बन्द विमलले घोषणा गरेको थिएन। नसोधीकन विनय तामङले विजनबारीको रेलिङमा बसेर घोषणा गरेका थिए। मैले सम्झाएको थिएँ। बन्द गरिहाल्यौँ कस्तो मोड हुँदैछ भन्दा गोर्खाल्याण्ड नभएसम्म बन्द दारी रहनुपर्छ भनेको थियो। तर त्यो गोर्खा जाति र मोर्चालाई बिगार्नु र फसाउलाई राजनीति गरेको थिएछ। मलाई थाहा थिएन भित्रभित्र घमिराले खाँदै थिएछ।’

गुरुङले अब फेरिफेरि सङ्गठनमा धमिरा नलागोस् भनेर सिङ्गो खम्बा तयार गरिरहेको बताएका छन्। गुरुङले आफू जङ्गलमा होइन जनता घर-आँगनमा नै रहेको बताउँदै मोर्चाको स्थापनाकालदेखि आजसम्म आफूले गणतान्त्रिक पद्धतिमा नै काम गरिरहेको कुरा अडियोमार्फत सार्वजनिक गरेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन