केन्द्र, पश्चिम बङ्गाल र विमल गुरुङसित गर्न चाहन्छ त्रिपक्षीय वार्ता: राज्यले चाहन्छ विनय

कोलकाताः

एकपल्ट फेरि केन्द्र सरकार र राज्य सरकारमाझको सम्भावित तनाउको कारण पहाडको स्थितिमा हलचल आउने सम्भावना छ। केन्द्र सरकार पहाडका मानिसहरूको ‘शान्ति र विकास’-को निम्ति त्रिपक्षीय वार्ता गर्न चाहन्छ।

केन्द्रीय गृह मन्त्रालयका मुख्य सचिवद्वारा राज्य सरकारका मुख्य सचिवलाई पहाडको मुद्दाबारे त्रिपक्षीय वार्ता गर्न इमेल मार्फत पत्रचार गरिएको छ।

बैठकलाई लिएर केन्द्र सरकार उत्सुक छ। बैठकमा केन्द्र, राज्य अनि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ बसुन् भन्ने केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले चाहेका छन्। अर्कोतिर राज्य भने यस बैठक लिएर त्यति उत्सुक छैन। किनभने, राज्यले आधिकारिक रूपमा विनय तामाङ र अनित थापालाई पहाडको वर्तमान नेताको रूपमा मान्यता दिइसकेको छ। यसैले राज्य उक्त दुई गोजमुमोमो नेतालाई लिएर नै बैठक गर्न चाहन्छ। जबकी केन्द्रले विनय तामाङलाई गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधिको रूपमा स्वीकार गर्न नचाहेको स्पष्ट बताएको छ। यसैले केन्द्र र राज्यमाझ मतेभेद हुने सम्भावना छ।  केन्द्रले विमल गुरुङलाई गोजमुमोको प्रतिनिधि नेताको रूपमा बैठकमा उपस्थित रहोस् भन्नुको मुख्य कारण राजनाथ सिंहको बन्द खोल्ने आह्वानलाई पालन गर्ने पनि विमल गुरुङ नै हुन्। विमल गुरुङको आह्वानपछि नै बन्द खोलिएकोले विमल गुरुङलाई नै वार्तामा बोलाउनुपर्ने केन्द्रको अडान छ। विमल गुरुङको विरूद्धमा राज्यले लुकआउट नोटिस् जारी गरेको कारण उनको प्रतिनिधित्व गर्दै अन्य कोही बैठकमा उपस्थित बनोस् भन्ने पनि केन्द्रको चाह रहेको छ।

अहिले केन्द्र अनि राज्यको अलग-अलग वयानले गर्दा त्रिपक्षीय बैठक आफै एउटा मुद्दा बन्नसक्ने स्थिति अघि आएको छ। राज्य अनि केन्द्रमाझ नै त्रिपक्षीय बैठकलाई लिएर मतभेद भइरहेको स्पष्ट छ। यद्यपि मुख्यमन्त्री ममता ब्यानर्जी विशेष एउटा कार्यक्रममा अङ्शग्रहण गर्न लण्डन गएकीले उनी फर्केर आएपछि नै राज्यको वर्तमान अडान स्पष्ट हुनेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन