राष्ट्रिय शैक्षिक पुरस्कारले सम्मानित एसयूएमआईका प्रधानअध्यापक नवरत्न प्रधानलाई सम्बर्द्धना

कालेबुङ, 10 नोभेम्बर।

राष्ट्रिय शैक्षिक पुरस्कार 2016 ले सम्मानित बनेका एसयूएमआईका प्रधानअध्यापक नवरत्न प्रधानलाई आज विद्यालयमा आयोजित कार्यक्रममा सम्बर्द्धना जनाइयो। शैक्षिक क्षेत्रमा उनले पुऱ्याएको महत्त्वपूर्ण योगदानलाई कदर गर्दै देशका उपराष्ट्रपति वैकेया नायडुको बाहुलीबाट प्रधानले उक्त पुरस्कार प्राप्त गरेका थिए।

आज विद्यालयको प्राङ्गणमा आयोजित सम्बनर्द्धना कार्यक्रममा सिन्कोना विभागका डाइरेक्टर सामुएल राई मुख्य अतिथिका रूपमा उपस्थित थिए भने पूर्व प्रधानअध्यापक पी. आर प्रधान, चलचित्र निर्माता-निर्देशक तुलसी घिमिरे लगायत विभिन्न विद्यालयका प्रधानअध्यापक अनि प्रतिनिधिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। पुरस्कारले सम्मानित प्रधानअध्यापक प्रधानलाई विद्यालयपक्ष, एल्यूमनाई एसोसिएसन, एसयूएमआई प्राथमिक पाठशाला, अनुज निम्बोङ लगायत अन्य विभिन्न पक्षबाट सम्बर्द्धना जनाइएको थियो। प्रधानअध्यापक प्रधानलाई प्रशस्ती पत्र, अङ्ग-वस्त्र, स्मृति चिह्न आदि प्रदान गरेर सम्बर्द्धना जनाइएको थियो।

उल्लेखनीय छ 1982 मा एसयूएमआईका तत्कालिन प्रधानअध्यापक तथा नवरत्न प्रधानका पिता पी आर प्रधानले पनि तत्कालिन राष्ट्रपति ज्ञानी जैलसिंहको बाहुलीबाट शैक्षिक पुरस्कार प्राप्त गरेका थिए। 35 वर्षपछि विद्यालयले प्राप्त गरेको दोस्रो उपलब्धिमाथि यता उपप्रधानअध्यापक जायन लेप्चा, शिक्षक जगत राई लगायत विद्यालय पक्षले हर्ष प्रकट गर्दै प्रधानअध्यापक प्रधानले प्राप्त गरेको उपलब्धि विद्यालय अनि कालेबुङकै निम्ति गौरवपूर्ण रहेको बताएका छन्। प्रधानअध्यापक नवरत्न प्रधानले कालेबुङको शैक्षिक विकासमा मात्र नभएर अन्य विविध क्षेत्रमा नै महत्त्वपूर्ण कार्यहरू गरेको उनीहरूले बताएका छन्।

अर्कोतिर नवरत्न प्रधानले यो पुरस्कार ईश्वरको कृपाले गर्दा नै प्राप्त भएको बताउँदै राष्ट्रिय पुरस्कार आफ्नो मात्र नभएर सम्पूर्ण पहाड अनि कालेबुङका शिक्षकहरू जसले शिक्षाको उज्यालो छर्न परिश्रम गरिरहेका छन् उनीहरूको निम्ति पनि रहेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन