फ्रे पिकको सफल आरोहण गुनड्रास कुलिकोउकी, जुरीस ओन्टकिस र सान्तिस लिमेजले हिमाल चढे

गान्तोक, 8 नोभेम्बर।

पश्चिम सिक्किमको 5830 मिटर अग्लो हिमचुली फ्रे पिकको तीन विदेशी आरोहीले सफलतापूर्वक आरोहण गरेका छन्। पश्चिम जिल्लामा आरोहणको निम्ति खोलिएको पर्वतहरूमध्ये एक फ्रे पिकको आरोहण दलले गत 26 अक्टोबरको दिन पर्वतारोहण सम्पन्न गरेको अभियानको आयोजक डिजायर अर्थ ट्रैक एण्ड एक्सपीडिशन योकसुमका प्रबन्धन निर्देशक डीबी छेत्रीले बताए छन्।

आरोहण टोलीमा लातभियाका 48 वर्षिय गुनड्रास कुलिकोउकी र जुरीस ओटंकिस अनि अमेरिकाका 47 वर्षिय सान्तिस लिमेज़ले 15 अक्टोबरको दिन योकसुमबाट अभियानका सहयोगीहरूसित प्रस्थान गरेका थिए। योकसुमबाट साचेन, छोका, जोङ्ग्री पछि आधार शिविर बिखबारी 26 अक्टोबरको दिन बिहान 4 बजी समिट पोइन्टको निम्ति दल नाइके सान्तिस लिमेज़को नेतृत्वमा चढाइमा उक्लेका आरोही दलले बिहान 8 बजी फ्रे पिकको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका थिए। सिक्किम माउन्टेनरिङ एसोसिएशन (एसएमए) को सहयोगमा आयोजित यस अभियानमा जम्मा 8 जनाको सहयोगी सदस्यहरू रहेका थिए भने लामो समयदेखि सिक्किमको पर्वतारोहणको निम्ति कार्य गर्दै आएको डिजायर अर्थ ट्रैक एंड एक्सपिडिशनले यो वर्षको भने पहिलो अभियान सञ्चालन गरेर सफलतापूर्वक सम्पन्न गराएको प्रबन्धन निर्देशक छेत्रीले बताएका छन्।

सिक्किम सरकारले मुख्य रूपमा कञ्चनजङ्घा समेत अधिकांश हिमालहरूमा आरोहणमाथि प्रतिबन्ध लगाएको छ। जसलाई धार्मिक आस्था र प्रकृतिप्रतिको सिक्किमेको श्रद्धाको रूपमा लिइऩ सकिन्छ। तर सरकारले अपलाइन एक्सपिजिसनको निम्ति 17 सितम्बर 2005 सालदेखि केही हिमचुचुराहरू आरोहणको निम्ति अधिसूचना जारी गर्दै खुल्ला गरिदिएको छ। जसमा पश्चिम सिक्किमको चौरीगाङमा स्थित फ्रे पिक 5830 मिटर, उत्तर सिक्किमको लाचेनमा स्थित 5868 मिटर अग्लो लामा वाङ्गदेन, युमथाङमा स्थित 5635 मिटर अग्लो ब्रुमखाङसे हिमाल चड्न सकिने प्रावधान शुरु गरेको छ।

सरकारले पर्वतारोहणको निम्ति खोलेको हिमालहरू मध्ये फ्रे पिक तकनिकी रूपमा सबैभन्दा कठीन हिमाल रहेको भए पनि आफ्नो आयोजनमा गएको आरोहण दलले सफलतापूर्वक पर्वतारोहण पुरा गरेकोमा छेत्रीले खुसी व्यक्त गरेका छन्। उनले राज्यमा सहासीक पर्यटनको प्रसस्त सम्भावना रहेको र अन्तरराष्ट्रिय स्तरमा पर्वतारोहीहरूले चासोले हेरिरहेका हुनाले आगामी दिनहरूमा अझ धेरै संख्यामा पर्वतारोहीहरू आउने अपेक्षा रहेका बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन