पहिले नलिने भनिएको स्वतन्त्र उम्मेद्वार एसडीएफले चाँडै लिने सम्भावना स्वतन्त्र उम्मेद्वारहरू एसडीएफमा आउन चाहे पार्टी अध्यक्षलाई आवेदन गर्नुपर्छः डीटी लेप्चा

सिक्किम: 10 नोभेम्बर।

सिक्किममा हालै सम्पन्न पञ्चायात चुनाउमा विजयी बनेका स्वतन्त्र पञ्चायतहरूलाई सत्तारूढ पार्टीले लिने निर्णय गरिहालेको खुलासा भएको छ। राज्यमा जम्मा 114 जना निर्दलीय पञ्चायतहरूले सत्तारूढ एसडीएफ पार्टीको उम्मेद्वारलाई हराएर जनादेश प्राप्त गरेका छन्।

यसकारण ती पञ्चायतहरूलाई सत्तारूढ दलमा लिने बारे एसडीएफका वरिष्ठ नेता डीटी लेप्चाले बताएका छन्। जनताको काम गर्न चाहने स्वतन्त्र उम्मेदवारहरू एसडीए पार्टी सामेल हुन इच्छुक भए उनीहरूले पार्टी अध्क्ष पवन चालिङलाई पत्र लेख्नुपर्ने अनि पार्टी उनीहरूलाई लिन तयार हुने राज्यका सत्तारूढ पार्टीका मन्त्री तथा एक वरिष्ठ नेता डीटी लेप्चाले बताएका छन्।

चुनाउ प्रचारको पूर्व सम्बोधनमा स्वतन्त्र उम्मेदवारहरूलाई पार्टी सामेल नगर्ने स्पष्ट अड़ान लिएको सत्तारूढ़ पार्टीले स्वतन्त्र उम्मेदवारहरूले शपथ ग्रहण समेत नगरी उनीहरू एसडीएफ सामेल हुनसक्ने लचिलो रणनीति अवलम्बन गरेको देखिन्छ. ‘‘स्वतन्त्र रूपले चुनाउ लड़ेर विजयी भएका उम्मेदवारहरूले जनताको काम गर्नुछ भने उनीहरू सत्तारूढ़ एसडीए पार्टी सामेल हुनसक्छन्। तर उनीहरूलाई हाम्रो जोर-जबरजस्ती छैन। एसडीएा सामेल हुन चाहने इच्छुक स्वतन्त्र पञ्चात सदस्यहरूले पार्टी अध्यक्ष पवन चालिङलाई आवेदन लेख्नुपर्छ। पार्टीले त्यसबारे छलफल गर्नेछ र उनीहरूलाई लिनेछ,नाथाङ-माछोङ क्षेत्रका विधाक तथा राज्यका भवन एवं आवास विभागी मन्त्री डीटी लेप्चाले आज पूर्व सिक्किमको पाकिम भने।

उनी एसडीएफ पार्टीका पछिमा पञ्चायत सदस्यहरूको संवर्धना तथा नवनिर्वाचित सदस्यहरूको स्वागत कार्यक्रमलाई सम्बोधित गर्दैथिए। उल्लेखनीय छ, नाथाङ-माछोङ समष्टिका सातवटा ग्राम पञ्चायत एकाइका 38 वटा वार्ड पञ्चात र चारवटा जिल्ला पञ्चायतमा चुनाउअघि नै एसडीएफका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका थिए। राज्का विभिन्न ठाउँबाट एसडीएफ सूत्रले जनाएअनुसार, विभिन्न क्षेत्रबाट विजयी भएका स्वतन्त्र पञ्चात सदस्यहरूले सत्तारूढ़ पार्टीमा आउने इच्छा जाहेर गरेका छन्। उनीहरूलाई लिनेबारे पार्टीले सोचविचार गरिरहेको जानकारी पाइएको छ। जम्मा 114 जना पञ्चायतले स्वतन्त्र उम्मेद्वारको रूपमा विजयी बनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन