तृणमूल कङ्ग्रेस एक लिमिटेड कम्पनीमा परिवर्तन भएको छ-मुकुल रोय

कोलकाता: तृणमूल कङ्ग्रेसबाट भारतीय जनता पार्टीमा भर्खेरै सामेल भएका मुकुल रोयले आफ्नो पहिलो जनसभामा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी र उनका भदै तथा सांसद अभिषेक ब्यानर्जीको तीखो आलोचना गरे। शुक्रवार यहाँको रानी रासमनी एभेन्युमा आयोजित भाजपाकोजनसभालाई सम्बोधन गर्दै रोयले भने, तृणमूल कङ्ग्रेस एक लिमिटेड कम्पनीमा परिवर्तन भएको छ।”

उनले ‘विश्व बङ्ग्ला’ कुनै सरकारी कम्पनी नभएर यसको मालिक अभिषेक ब्यानर्जी रहेको पनि बताए। यसै विश्व बङ्ग्लाको ब्यानरमुनि विश्व फिफा फुटबल म्याचको आयोजन गरिएको थियो, उनले भने, तृणमूल कङ्ग्रेसमाजे पनि प्रकाशित भइरहेको छ, त्यसको मालिक अभिषेक ब्यानर्जी हुन्। जागो बङ्ग्लाका मालिक अभिषेक ब्यानर्जी हुन्। रोयले ममता ब्यानर्जी परिवर्तन भएको बताए।

राज्यमा2006 जस्तै स्थिति छ। सुममता ब्यानर्जीले भनेकी थिइन् बदला होइन परिवर्तन चाहिन्छ। तर आज राज्यमा प्रतिहिंसाकोराजनीति चलिरहेको छ। विरोधी दलका समर्थकहरूमाथि हमला हुँदैछ। उनीहरूलाई सभा गर्न दिइएको छैन। विरोधी दलका समर्थकहरूमाथि मामिला थोपिँदैछ। उनीहरूलाई जेल पठाइँदैछ। रोयले सारदालाई लिएर मीटिङ केवल डेलोमा मात्र होइन तर कोलकातामा पनि शुभो प्रसन्नाको घरमा पनि भएको र उक्त बैठकमा सुदीप्त सेन पनि उपस्थित रहेको दावी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन