वेस्टइण्डिजलाई वर्ल्डकप खेल्न नपाउने डर

विज्ञापन

  • नयाँ दिल्ली, एजेन्सी 2 मई/2017

हालै आफ्नै घरेलु मैदानमा पाकिस्तानविरुद्ध खेलिएको वनडे शृङ्खला 1-2 को अन्तरले गुमाएपछि वेस्टइण्डिज ऱ्याङ्किङमा तल झरेको हो।


कुनै समय विश्व क्रिकेटमा आफ्नो एकछत्र राज गर्ने वेस्टइण्डिजलाई आउँदो 2019 – मा खेलिने आईसीसी क्रिकेट खेल्न नपाउने डरले सताउन थालेको छ। प्रदर्शन खस्किएर आईसीसी वनडे ऱ्याङ्किङमा पुछरतिर  पुगेपछि  वेस्टइण्डिजलाई यो डरले सताउन थालेको हो। यसै पनि शीर्ष -8 टीममा पर्ननसकेपछि आउँदो 1 जूनदेखि इङ्ग्ल्याण्डमा खेलिने आईसीसी च्याम्पियन्स ट्रफी क्यारेबियाई टीमले गुमाइसकेको छ। यसभन्दा अघि 2019 -को आईसीसी वर्ल्ड कप खेल्न नपाउने डर पाकिस्तानमाथि थियो तर पाकिस्तानले आफ्नो प्रदर्शन सुधारेपछि यो डर अहिले हटेको छ।

इङ्ग्ल्याण्डमै खेलिने वर्ल्ड कपमा  इङ्ग्ल्याण्डलगायत शीर्ष -8 टीमले भाग लिन पाउनेछन्। आउँदो 30 सेप्टेम्बर 2017 सम्म ऱ्याङ्किङमा शीर्ष 8 स्थानभन्दा माथि रहने दलहरूले भाग लिन पाउनेछन्। अहिले ताजा ऱ्याङ्किङमा वेस्टइण्डिज नवौं स्थानमा छ। आठौँ  स्थानमा रहेको पाकिस्तानसँग क्यारेबियाई टीमभन्दा 9 अङ्क धेरै छ।

वेस्टइण्डिजलाई आउँदो वर्ल्ड कप खेल्न नपाउने डर यसकारण पनि छ,  उसले सेप्टेम्बरको कट् अव् डेटभन्दा अघि अफगानिस्तान र इङ्ग्ल्याण्डविरुद्ध वनडे शृङ्खला खेल्नुछ। हालै आफ्नै घरेलु मैदानमा पाकिस्तानविरुद्ध खेलिएको वनडे शृङ्खला 1-2 को अन्तरले गुमाएपछि वेस्टइण्डिज ऱ्याङ्किङमा तल झरेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया