आयो नीर शेर्माको उपन्यास ‘हिउँदोको बादल’

बिजनबारीः

बिजनबारी क्षेत्रका पुराना लेखक नीर शेर्माको छैटौं कृति उपन्यास ‘हिउँदोको बादल’-शुक्रबार एक कारयक्रमबीच बिजनबारी सार्वजनिक भवनमा बिमोचन गरियो। लिम्बुहरुको जातीय संस्था युमा साम्यो नयाँ नोर ग्राम कमिटीको आयोजनामा भएको कार्यक्रममा साहित्यकार एम. पथिक प्रमुख अथितीको रूपमा उपस्तिथि थिए भने प्रतिभा प्रेरणा, परिषदका सचीव तथा कवि सुजनहाङ तथा मोहन सुब्बा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

गुरू बन्दनाबाट शुरुवात भएको कार्यक्रम शिक्षक एनआर राईको अध्यक्षतामा भएको थियो थियो। कार्यक्रममा लेखकको परिचय मोहन सुब्बाले गराएका थिए भने बिमोचित कृतिबारे एम पथिकले बोल्दै एम. पथिकले गाउँले जीवनमा हुर्केका सर्जकका लेखाइमा गाउँले जीवनको वर्णन भएको बताए।

बिजनबारी नजिकै नोर बस्तीमा जन्मेका शेर्माको यसभन्दा पहिले पाँचवटा पुस्तकहरू बजारमा आइसकेको छ जसमा चारवटा कविता सङ्ग्रह र एक कथा सङग्रह सामेल छन भने हाल उनी दार्जीलिङमा बसोबास गर्छन्।

‘मेरो यो पहिलो प्रयास हो, उपन्यासको लेखिसकेपछि अब के-कस्तो प्रतिक्रिया आउला त्यसैको प्रतीक्षामा छु’-कार्यक्रमलाई सम्बोधन गर्दै शेर्माले भने।

कवि विकास विस्मितदारा  सञ्चालित कार्यक्रममा जातीय नृत्य, च्याब्रुङ नृत्य, कविता वाचन आदि कार्यक्रमको आकर्षण र्थियो भने कार्यक्रममा विभिन्न सङ्घ-सस्थाका प्रतिनिधिहरू लगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन