बिजनबारीबाट गोरामुमो छोडेर गोजमुमोमा सामेलः दलीय सभासँगै समर्थन कार्यक्रम

सञ्जय निरौला/बिजनबारीः  आन्दोलनको चपेटमा परेर शिथिल र निष्क्रिय बनेको गोजमुमोको धरातललाई पुनः फर्काउन आवश्यक रहेको भन्दै पूल बिजनवारी गोक समष्टि अन्तर्गतको शाखा र खण्ड स्तरीय सभा गर्न समष्टि कार्यकर्ताहरू लागी परेको समष्टीका सभापति एसएम राईले बताएका छ्न। यसै अनुरूप सातवटा शाखा लिएर नयाँ नोरमा एक महत्वपूर्ण सभा सम्पन्न भयो ।

मिलन सुब्बाद्वारा सञ्चालित सभामा स्थानीय 30 घर गोरामुमो  सदस्यहरू गोजमुमोमा सामेल भए। बुद्ध सुब्बाको अगुवाइमा आएका गोरामुमो समर्थकहरूले समष्टि सभापति तथा सचिवबाट दलिय झण्डा ग्रहण गरी विधिवत रूपमा गोजमुमो पार्टीमा सामेल भए।

‘गोर्खा भएको नाताले मन मस्तिष्कमा गोर्खाल्याण्ड प्रति त्यत्तिकै इमान्दारीता र भक्ति छ ,तर स्थानीय नेतृत्व वृन्दको पक्षपाती चलनको कारण विनय तामङ अनि अनित थापाको गणतान्त्रिक सिद्धान्तलाई अगाल्न गइरहेका छौँ’-बुद्ध लिम्बुले भने।

बिजनबारी परिसरमा धेरै महत्वपूर्ण सरकारी एवं गैर सरकारी कार्यलयहरु सञ्चालित भएकोले बाहिरबाट यो समष्टि सम्पन्न जस्तो देखिए पनि वास्तवमा अरू छिमेकी समष्टिहरूको तुलनामा आर्थीक रूपले अनि विकासको स्तरमा निकै पछाड़ी परेको उऩले बताए।

सडक, बिजुली, पानी जस्ता बुनिययादी आवश्यकताहरूको अभावमा जनसाधारणले दैनिक रूपमा समस्याहरू झेल्न परिरहेको एवं आजको युगमा पनि नानीहरू कोसौं पैदल हिँड़ेर शिक्षा आर्जान गर्नपर्ने प्रथा यथावत रहेको सत्यतालाई नकार्न नसक्ने तथा अब बौद्धिक तवरले गारिने आन्दोलनलाई समष्टिले पूर्ण सहयोग पुऱ्याउने बताए।

उनले जनहीतको कार्यको गति बढाउनुपर्ने आवश्यकतासँगै जन-कल्याणमूलक योजनाहरू पनि गाउँ-गाउँमा लागु गर्नु समयको माग भएको हुनाले जीटीए अध्यक्ष अनि उपाध्यक्षकहाँ समस्याहरूको सामुहिक अर्जी चडाइएको साथै विभागीय अभियन्ताहरूसँग पनि सम्पर्क गरिरहेको जानकारी दिँदै चाँडै अभियन्ताहरूले स्थलगत भ्रमण गरी धेरै समस्याको निदानको मार्ग तयार पार्ने बताए। उनले यहाँ कुनै प्रकारको राजनैतिक भेदभाव हुनु नहुने स्पष्ट पार्दै अब एकजुट भएर समाज र गाउँलाई उन्नत बनाउन लागी पर्नुपर्ने समष्टि सभापति एसएम राईले सम्बोधनको क्रममा बताए।  सभालाई समष्टि सचिव दिपक तामङ, भक्त प्रसाद राई  प्रकाशचन्द्र सुब्बा आदिले पनि सम्बोधन गर्दै वर्तमान राजनैतिक परिप्रेक्ष्यमाथि जानकारी गराए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन