राङभाङ बालसन अञ्चलमा आउँदैछ मयुर र अन्य लुप्तप्रायः पशुपक्षीः सरक्षण र सम्बर्द्धन आवश्यक

सुकियापोखरीः

राङ्भाङ बालसन अञ्चलको कतिपय स्थानमा मयुर एवं अन्य पक्षीहरू समय-समयमा देखिने गरिन्छ। लुप्त बन्दै गइरहेका ती पशुपक्षीहरू यस क्षेत्रमा समय-समयमा देखिने गरेका कारण यसको सरक्षण र सम्बर्द्ध्न आवश्यक देखिन्छ। यस क्षेत्रमा घरिघरि  मयुर, राजपक्षी, मैना, कालिज, शालक जस्ता लुप्तप्रायः पक्षीहरू देखिने गरिन्छ।

नागरी फार्म चियाबारीमा केही दिनअघि मयुर देखिएको स्थानीय सञ्जीव शर्मा, रूबेन प्रधान, डीबी मुखिया एवं घाँसपात गर्न गएका अन्यले जानकारी दिएका छन्। तिनीहरूले बताए अनुसार खोसिन खोला भनिएको सेक्सन नम्बर 4 ए. मा पाँचवटा मयुर चर्न आएको देखियो। कतिपय विशेष  कारणले अस्तित्व सङ्कटमा परेको मयुर आदिको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेको तिनीहरूले बताए | उल्लेखित विषयलाई अघिराखेर मयुरको आगमनले यस चियाबारी क्षेत्रमा ग्रामीण पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुने दावी गर्दै डीबी मुखिया एवं रूबेन प्रधानले भने, ‘केही वर्ष अघीदेखि नै निर्धारित समयमा एक वा दुईवटा मयुर देखापर्ने गर्थ्यो।

तथापि दुईचार दिनपछि मयुरहरू आफै हराएर जाने गर्थ्यो। अहिले भने पाँचवटाको सङ्ख्यामा आएको मयुर एक महिनादेखि यस क्षेत्रमा रहने गरेको छ। कतिपय कुकुर वा मानिसहरूकै उपद्रवको कारण हुनसक्ने खतरालाई ध्यानमा राखेर हामीले यसको सुरक्षामा सबै एकजुट हुने सुझाउ दिएका छौं,-उनीहरूले थपे। मयुर आउनु भनेको प्रकृतिसित जोड़िएको विविध विषयबस्तु सटीक रहनुका साथै यसले ग्रामीण पर्यटनमा पनि आगन्तुकहरूलाई आकर्षण गर्नसक्ने क्षमता राखेको हुन्छ। पर्यटन बिभागलाई सम्पर्क गरेर सरकारी सहुलियत भित्र्याउनसकिने पनि प्रधान र मुखियाले बताएका छन्। एक-दुई दिन देखिएको मयुर पुन: हराएर जान नदिन समग्र चियाबारीवासीको दायित्व रहने भएकाले यसको संरक्षणमा लागीपर्न प्रतिवद्ध रहेको तिनीहरू बताउँछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन