चार दिवसीय एकछ्या न्युङने व्रत

साजन शर्मा/ सुके-नागरीः अखिल भारतीय तामाङ बौद्ध सङ्घ अनि म्हाणिपा सङ्घ नागरी फार्मले थुप्तेन ग्याछोइलिङ गुम्बामा चार दिवसीय एकछ्या न्युङने व्रत बुधवारदेखि शुरू गरेको छ।

दार्जीलिङ तामाङ गुम्बाका छ जना लामाहरूद्वारा भइरहेको यस अनुष्ठानका मुख्य लामाहरूमा दोर्जे लोबेन, लामा पाल्छेन गोले अनि लामा टाँसी बल रहेका छन्। १९ जना व्रतीहरूले पञ्चशील अष्टशील ग्रहणपछि आफुसित सर्व प्राणी उद्धारको निम्ति मन्त्र जप गर्दै आएका छन्।

लामा टाँसी बलले चारदिने एकछ्या न्युङनेको प्रथम दुइदिनमा सेवाज्याङ संस्कार रहने बताए। यस अनुसार बुधवार बेलुकीदेखि बसेका व्रतीहरूले जल र अन्न ग्रहण गर्नसक्ने उल्लेख गर्दै भोली अर्थात शुक्रबार नाक्चे संस्कार अन्तर्गत अन्न र जल ग्रहण गर्न नमिल्ने प्रावधान रहेको बताए।

शुरूको बेलुकी शिल ग्रहण गरेको व्रतीहरूले भोलीपल्ट प्रातकालसम्म शिल तोड़न नहुने बताउँदै तिनले नियमपुर्वक यसको पालन गर्नुपर्ने बताए। मौन धारण गरेर निर्जल र निराहार बस्नुपर्ने न्युङने व्रतको प्रभावले पछिल्लो जन्म अनि यस जन्ममा गरिएका पापहरू क्षमा हुने आध्यात्मिक मान्यता रहेको तिनको भनाई थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन