21 वर्षीय किरण सुवेदीलाई बचाउनुहोस्: क्यानसर पीडित किरणको सहयोगको निम्ति अघि आयो मणि ट्रस्ट

कालेबुङ:

राई गाउँ बढा भालुखोप निवासी 21 वर्षीय किरण सुवेदी गत 3 वर्षदेखि क्यानसरले थलिएका छन्। अब उनलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएको छ। काठमाण्डौँको एउटा अस्पतालमा उपचारको क्रममा उनको रोग पत्तो लागेको हो। उक्त रोगको पत्तो लागेपछि आफ्नै दाजु उनलाई बोन म्यारो दिन तयार छन्। तर उनको परिवार उपचारको निम्ति लाग्ने खर्च जुटाउन असमर्थ छ। उनका परिवारमा आमा-बाबा अनि एकजना दाजु रहेका छन्। उनका बाबाले बजारमा दुध बेचेर परिवार चलाउने गर्छन्।

यसैले किरणको उपचारको निम्ति उनका परिवार अनि भालुखोप परिमल परिवार युथ सङ्घले आर्थिक सहयोगको अपील गर्दै यहाँको एक समाजिक संस्था मणि ट्रस्टलाई गुहार लगाएपछि मणि ट्रस्ट क्यान्सर पीडित किरण सुवेदीको निम्ति अघि आएको हो। ट्रस्टले आजदेखि कालेबुङको डम्बरचोक, सीकेचोक अनि ऋषि रोडमा स्टल राखेर आर्थिक अनुदान सङ्ग्रह गरिरहेको छ।

ट्रस्टका संस्थापक सुवास एम. सिंह अनुसार किरणको रोगबारे देशका विभिन्न डाक्टरहरूसित जानकारी लिँदा उनको उपचारको निम्ति करीब 15 लाख रूपियाँ खर्च आउने भएको छ। यसैले सबैले आर्थिक सहयोग गरेर किरणलाई बचाइदिन सिंहले आह्वान गरेका छन्।

मणि ट्रस्टले एकातिर आजदेखि शहरको विभिन्न ठाँउहरूमा स्टल राखेर अनुदान सङ्ग्रह गरिरहेको छ भने अर्कोतिर भोलि पीडितलाई उपचारका निम्ति एम्स पठाइने पनि निश्चित गरिसकेको छ। मणि ट्रस्टले ‘सपोर्ट फर् लाइफ’-योजना अन्तर्गत यसअघि पनि धेरैलाई सहयोग पुऱ्याइसकेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन