हिजोको जअकसः आजको एकसं

दार्जीलिङ, 11 नोभेम्बर।


गोजमुमोको एक मुख्य भ्रातृ संगठन जअकसं (जनमुक्ति अस्थायी कर्मचारी संगठन)-को नामसँगै स्थापना दिवसको मिति पनि परिवर्तन भयो। जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-का विभिन्न विभागहरूमा कार्यरत कर्मचारीहरूद्वारा 2007-मानै गठन गरिएको जअकसं-लाई अब एकसं अर्थात (एकीकृत कर्मचारी संगठन)-को नामले चिनिनेछ भने यसको स्थापना दिवस पनि अब 5 नोभेम्बरको साटो 11 नोभेम्बर हुनेछ।

जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटर अध्यक्ष विनय तामाङ र उपाध्यक्ष अनित थापाको गरामर्शअनुसारनै आजदेखि जअकसंको नाम परिवर्तन गरिएको बताउँदै संगठनका अध्यक्ष अनिल राई, महासचिव देवप्रकाश खवास, कार्यकारी सदस्य सुन्दर वैश्यले एकै स्वरमा भने-हामी जीटीएमा काम गर्ने कर्मचारीहरूले जीटीएका शीर्ष अधिकारीहरूसित मिलेरनै काम गर्नुपर्छ।

तर अहिलेसम्म जीटीएका कर्मचारीहरूको संगठन सोझै राजनैतिक पार्टीसित सम्वद्ध रहेको कारण कर्मचारीहरूले धेरै प्रताड्ना सहनु परेको छ। यसैकारण अब एकसं-लाई पूर्णरूपले अराजनैतिक संगठनको रूपमा राखिनेछ, तरै पनि आवश्यकताको समय यो संगठनले सम्बन्धित पार्टीसितै मिलेर कार्य गर्नेछ। यसका साथै उनले अर्को वर्षदेखि संगठनले 5 नोभेम्बरको साटो 11 नोभेम्बरको दिन स्थापना दिवस पालन गर्ने पनि चाँजो मिलाएको उनीहरूले बताए।

यसैबीच, संगठनले नयाँ नाम पाए पनि पुरानै मागको लागि आवाज तीव्र पार्न छोड़ेको छैन। यसैकारण संगठनले पहाड़ बन्दावधि तीन महीनाको रोकिएको वेतन शीघ्र भुक्तान गर्नुपर्छ भनेको छ। यसरीनै संगठनले अबदेखि जीटीएको कामको समय कुनै सांगठनिक सभा वा कार्यक्रमहरू नगर्ने निर्णय लिएको पनि खवासले जनाए। उनले भने-संगठनले अबदेखि तंगठनको सभा वा कार्यक्रमहरू छुट्टीको दिन पारेर मात्रै गर्नेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन