गान्तोकमा अवैध जुवाको अड्डामा पुलिसको छापाः 52 लाख मूल्य बराबरको ग्याम्लिङ चिप्स जफ्त

गान्तोक 11 नोभेम्बर।


सदर पुलिसले राजधानीमा अवैध जुवाको अड्डाको भण्डाफोर गर्न सफल भएक छ। सदर पुलिसले एसडीपीओ विशाल राईको नेतृत्वमा एसआई सिलास तामाङ, रोशन प्रधान र योगेन्द्र गुरुङ तथा दुइजना महिला कन्स्टेबल समेत एउटा पुलिस दलले हिजो राति लगभग 10 बजी पानी हाउस स्थित तृप्ति बेकरीको माथिल्लोपट्टि चार तले भवनमा छापा मारेर 52 लाख 58 हजार 4 सय रूपियाँ मूल्य बराबरको गेम्लिङ चिप्स समेत रक्सी र अन्य जुवाको सामान जफ्त गरेको छ ।

जुवाड़ेहरू धेरै भए पनि सीसी क्यामेराको सहायताले सबै भाग्न सफल भएको छ भने जुवा अड्डा चलाउने मालिक बुर्तुक निवासी तोब्गे भोटिया र जुवा चलाउने सहयोगीहरूलाई भने पुलिसले समात्न सक्षम भएको छ। जसमा दुइजना युवक र तीनजना युवती रहेका छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार धेरै लामो समयदेखि उक्त ठाउँमा जुवाडेहरू भेला हुने गरेको नागरिक समाजबाटै गुनासो आइरहेको तथा हिजो घटनाको समय धेरै ठूलो जुवा हुन गइरहेको थाहा पाएपछि पुलिसले अगावै सर्च वारन्ट समेत लिएर घरमा छापा मारेका थिए।

पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी भोटियाले उक्त जुवाको अड्डा चलाउन मासिक 80 हजार रूपियाँ किराइमा घर लिइएको थियो। जुवाको अड्डामा दोस्रो तल्लमा पोकरको टेबल राखिएको थियो जहां 11 वटा कालो चौकी रहेको थियो भने त्यसै ठाउँको एउटा कुनामा रहेको ड्रावरमा व्यापक रूपमा ग्याम्लिङ चिप्स ( जुन जुवामा नगदको साटो चलाइन्छ) बहुरङ्गी उक्त चिप्समा सिक्किम एस अर्थात सिक्किम एक्का लेखिएको छ।

यसका साथै पुलिसले धेरा संख्यामा तास, रकर्सी, ग्लास, क्याल्कुलेटर र रिकर्ड सिट जफ्त गरेको छ। पुलिसले सबै सामान जफ्त गरेर आरोपी विरूद्ध सिक्किम रेगुलेसन अफ् गेम्लिङ (संसोधन) ऐन 2005 अन्तर्गत मामिला दर्ता गरेका छ भने जमानीमा छोडेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन