सुन्तलाको विरुवामा भविष्य खोज्दै अवकास

सजन शर्मा/ सुके-पोख्रेबुङ


सुकेपोखरी प्रखण्ड अन्तर्गत नागरी फार्म चियाबारीका अवकाश राईले विगत सन् २००१ देखि आफ्नै बलबुतामा सुन्तलाको बिरूवा उत्पादन गर्ने प्रक्रियामा लागिपरेका छन्। अरेञ्ज भेल्ली भनेर जानिएको पोख्रेबुङ नागरी क्षेत्रका उत्पादकहरूको सुविधालाई ध्यानमा राखेर तिनले बाहिरबाट ल्याएर रोपिएको सुन्तला र यहाँकै माटोमा उत्पादित सुन्तलाको गुणवत्तामा धेरै फरक हुनेगरेको बताएका छन्।

आफ्नो बेरोजगार समस्या सामधानको निम्ति स्वरोजगार अप्नाएका तिनी सानै उमेरदेखि नै कृषि वाग्वानीमा खुबै चासो राख्ने प्रवृतिका रहेको स्वीकार गर्छन्। सिटोङ, मिरिक, मगरजोङ, धजे, पोख्रेबुङ बस्ती आदि स्थानबाट ल्याइएको सुन्तलाको दाना छरेर बिरूवा तयार गर्ने गरेको तिनको भनाई रहेको छ।

पूर्णरूपले जैविक पद्धतिबाट तयार सुन्तलाको बिरूवा स्वस्थ्य अनि उन्नत प्रजातिको हुने ठहर गर्दै तिनले बालुवा, कम्पोज मल र गाईको मल प्रयोग गर्दै आएको बताउँछन्। एकपल्ट दाना छरेपछि फसलको समयसम्म आइपुग्नु लगभग सात वर्ष पर्खनु पर्ने उल्लेख गर्दै तिनले यस प्रकारको बिरूवाले सय वर्षसम्म उत्पादन दिने बताउँछन्।

पारिवारिक प्रेरणाले नै यस कार्यमा संलग्न रहेको बताउने तिनले आफुद्वारा उत्पादित बिरूवाहरू कालेबुङ, मङ्पु -सिटोङ, मिरिक, सिक्किम तथा अन्य ठाउँहरूमा निर्यात हुने गरेको छ।

आगामी दिनमा गाउँका बेरोजगार युवा जमातलाई यसतर्फ अग्रसर गराउने योजना रहेको खुलस्त पार्दै तिनले सुन्तला विशेषज्ञहरूसँग सम्पर्क गरेर यस व्यवसायलाई व्यापकता दिने मन्तव्य प्रकट गरे। चियाबगानमा कृषिसित सम्बन्धित कुनै सरकारी सहुलियत प्राप्त हुन नसक्ने खण्ड विकाश अधिकारीले दिएको वयान अघि राख्दै तिनले व्यक्तिगत प्रयासमा चलाउँदै आएको उक्त व्यवसाय व्यक्तिगत रूपमा नै अघि लाने उल्लेख गरेका छन्।

टाड़ा नजिकका उत्पादकसम्म यहाँ उत्पादित सुन्तलाको बिरूवा उपलब्ध गराउने सोच रहेको एवं यसमा नै आफु सन्तुष्ट रहने तिनको अड़ान छ। सम्भवतः सुके प्रखण्डकै तिनी मात्र यस्ता व्यक्ति हुन् जसले उत्पादकको प्राथमिक समस्याभित्र पर्ने सुन्तलाको बिरूवा उपलब्ध गराउने दायित्व लिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन