जिर्णोद्वार पर्खिँदै मानेडाँड़ा प्राथमिक पाठशाला

सजन शर्मा/ सुके-पोख्रेबुङ


प्राथमिक स्तरका विद्यार्थीलाई बुनियादी शिक्षा प्रदान गरेर उनीहरूको भविष्य निर्धारण गर्नमा उल्लेखनीय भूमिका निर्वाह गर्ने मानेडाँड़ा प्राथमिक पाठशाला नागरी फार्मको अवस्था सोचनीय बनेको छ।

गएको विनाशकारी भुइँचालोले पाठशालाको कार्यालय अनि सबै श्रेणीकक्षहरूको भित्ता चर्काइदिएको छ भने काठका सिलिङहरू कमिला र धमिराले खाएर जीर्ण बनाएको छ। पाठशालाकी प्रधान अध्यापिका अणुमाला थापाले सम्पूर्ण विभागीय अधिकारी समक्ष जीर्णोद्धारको गुहार लगाइसकिएको तर कसैले पनि कान ठाडो नपारेको बताइन्।

‘खण्ड विकाश कार्यालय, सर्कल अफिस, जिटीए कार्यालय, जिल्ला शासक कार्यालय आदिमा कागज पत्र अनि फोटोहरू बुझाउने काम अघीबाटै भइसकेको हो,’ उनले भनिन्, ‘पछिल्लो चरण आएको मेण्टेन्नेस फण्ड ६ वटा ब्ल्याक बोर्ड किन्नमा र खिड़कीहरू बनाउनमा खर्च गऱ्यौँ। जिटीए चीफ विमल गुरूङले मरम्मतीको आश्वसन दिएका थिए। उनले अभियन्ता समेत पठाएर मेजरमेन्ट गर्न लगाएका हुन्, तर त्यसपछि अवस्था अनुकूल नरहेकोले समस्या यथावत रह्यो।’

टेबल चौकी समेत व्यवस्थित नरहेकोले पठन पाठनमा शिक्षण कर्मी अनि विद्यार्थीलाई धेरै असुविधा हुने गरेको स्थानीयहरू बताउँछन्। स्कूल हेर्दा आगामी दिनमा कुनै प्राकृतिक प्रकोप वा भुइँचालो आएको खण्डमा ठूलो दुर्घटना हुनसक्ने सम्भवना रहेको देखिएको छ।

प्रधान शिक्षिका थापाले बताए अनुसार वर्ष २०१५-१६ को मेण्टेन्नेस फण्ड अनुमोदन भइसकेको छ, जसलाई ‘विड्र’ गर्न पूर्वसभासदको हस्ताक्षर अनिवार्य हुन्छ, जुन अहिले सम्भव छैन। थापाले अझ बताए अनुसार उक्त फण्ड  पाठशालाको जीर्णोद्धार गर्न यथेष्ट छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन