बिजनबारीमा सार्वजनिक सौचालय सफाइसँगै रङपचेरा

बिजनबारीः आफ्नो ठाउँ आफै सफा राखौं भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै   स्प्रिङ अफ लाइफ चर्च बिजनबारीमा आवद्ध सदस्यहरुले बिजनबारी बजारको प्रशाद भिल्ला नजिकै रहेको सार्वजनिक सौचालय परिसर सरसफाइ तथा जिर्ण भइसकेको सौचालयमा रङपचेरा गरेको छ।
सम्बन्धि निकायलाई पर्खने आदतभन्दा माथि उठ्नसके आफू लगायत समाजको निम्ति फाइदा हुने तथा कुनै समाचारको हेडलाईन हुने उद्देश्यले काम नगरेको  उनीहरूको तर्क थियो।
उक्त संस्थामा रहेका सदस्यहरूले यो सफाइ र रङपचेरा अभियानमा भाग लिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन