पेदोङबाट दुईवटा पिस्तोल, एउटा रिबल्भर, 3 वटा म्याजगिनसितै गोली उद्दार

कालेबुङ: कालेबुङ पुलिसले आज पेदोङबाट अवैध हात-हतियार जफत गरेको छ। एउटा स्रोतको आधारमा पुलिसले पेदोङको नेवाङ गाउँमा अवस्थित चन्द्र राईको घरमा छापा मार्दा दुईवटा पिस्तोल, एउटा रिबल्भर, 3 वटा म्याजगिन र 37 राउन्ड गोली उद्दार गरेको हो। आज साँझ कालेबुङ जिल्ला पुलिल अधिक्षक अजीत सिंह यादवले एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै पुलिसले चन्द्र राईको घरबाट अवैध हतियार भटेको दावी गरेका छन्।

‘पेदोङका भाइला उर्फ नाम्गेल भोटियासित हात-हतियार छ भन्नेकुरा पुलिसलाई पहिलेबाटै जानकारी थियो। भाइलाले सार्वजनिक रूपमा पनि हतियार देखाइसेका थिए’- जिल्ला पुलिस अधिक्षका यादवले भने, ‘एउटा स्रोतको सूचनाको आधारमा हामीले नेवाङ गाउँमा चन्द्र राईको घरमा रेट गऱ्यौँ। त्यहाँबाट उनीहरू भाग्न सफल भए तर त्यहाँबाट सानो हतियारहरू 2 वटा पिस्तोल र एउटा रिबल्भर, 3 म्यागजिन र 37 राउन्ड्स भेट्टाइयो।’

उद्दार गरिएका हतियारहरूमा मेड इन चाइना, मेड इन यूएसए लेखिएको भए पनि यो कन्ट्रीमेड नै हुनसक्ने पुलिसको शङ्का छ। पुलिसले हतियार उद्दार गरे पनि उक्त गाउँ धेरै टाडामा रहेका कारण पुसिललाई देखेपछि आरोपीहरू भाग्न सफल भएको उनले बताए। पुलिसले यस घटनालाई लिएर केही मानिसहरूलाई सोधपुछ गरेको सन्दर्भमा प्रश्न गर्दा यादवले भने अनुसार 13 तारिखको दिन जुन यूएपीए केश भएको छ त्यसपछि भाइलालाई धेरै दिनदेखि पुलिसले ट्ऱ्याक गर्दैछ। कोसँग बोल्दैछ, कोसँग कन्ट्याक्ट गर्दै भनेर पुलिस धेरै मानिसहरूसित कुराकानी गरेको छ अनि गवाहीहरूलाई सोधपुछ पनि गरेको छ। उनीहरूसित भएको सोधपुछको आधारमा नै हतियार उद्दार गर्न सकेको पुलिसको दावी छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन