वार्ड 26-का स्वतन्त्र उम्मेद्वारले पनि गोजमुमोलाईनै सघाउने

विज्ञापन

  • मोहन लामा, दार्जीलिङ, 2 मई/2017

डिम्पलले गोजमुमोले पार्टीबाट आधिकारिकरूपमा खड़ा गराएकी उम्मेद्वार राधा छेत्रीलाईनै यस चुनाउमा सघाउ पुर्याएर जीत हासिल गराउने वचन दिएकी हुन्। जुन वार्डमा तृणमूल कंग्रेसले परिश्मा गिरीलाई उम्मेद्वार बनाएर मैदान उतारेको छ भने गोरामुमोले सुचित्रा राईलाई आफ्नो उम्मेद्वार बनाएको छ। जसको फलस्वरूप गोजमुमोको लागि यो वार्ड चुनौतीपूर्ण बनिरहेको थियो।


दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 17 पछि वार्ड नम्बर 26-का स्वतन्त्र उम्मेद्वार डिम्पल राईले पनि यस वार्डबाट खड़ा भएका गोजमुमोका उम्मेद्वारलाईनै सघाउने आज वचन दिइन्। आज गोजमुमो अध्यक्ष विमल गुरूङले यस वार्डको भ्रमण गरिरहेको समयनै डिम्पलले गोजमुमोले पार्टीबाट आधिकारिकरूपमा खड़ा गराएकी उम्मेद्वार राधा छेत्रीलाईनै यस चुनाउमा सघाउ पुऱ्याएर जीत हासिल गराउने वचन दिएकी हुन्।

जुन वार्डमा तृणमूल कंग्रेसले परिश्मा गिरीलाई उम्मेद्वार बनाएर मैदान उतारेको छ भने गोरामुमोले सुचित्रा राईलाई आफ्नो उम्मेद्वार बनाएको छ। जसको फलस्वरूप गोजमुमोको लागि यो वार्ड चुनौतीपूर्ण बनिरहेको थियो। यसै क्रममा यस वार्डबाट स्वतन्त्र उम्मेद्वारका रूपमा खड़ा भएकी डिम्पल राईले पार्टीकै उम्मेद्वार राधा छेत्रीलाई सघाउने वचन दिएपछि गोजमुमोले ठूलो राहतको श्‍वास लिएको छ। स्मरण गराइन्छ, गत केही दिनअघि मात्रै गोजमुमोका एक बागी उम्मेद्वारका रूपमा वार्ड नम्बर 17 बाट खड़ा भएका कृष्ण बर्मेले पनि यस वार्डबाट खड़ा भएका पार्टीकै उम्मेद्वार रामजन गोलेलाई सघाउने वचन दिएका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया