विमल गुरुङलाई पार्टीका अध्यक्षका रूपमा स्वीकार गर्दैनौँ’, उनी साधरण सदस्य बनेर विनय समुहमा आउन सक्छन्– नोर्देन लामा

कालेबुङ 11 नोभेम्बर।


‘विमल गुरुङलाई हामी उनलाई पार्टीका अध्यक्षका रूपमा स्वीकार गर्दैनौँ’। उनी साधरण सदस्य बनेर पार्टीमा फर्कन सक्नेछन्,’ बिनय गुट मोर्चा केन्द्रिय समिति सदस्य नोर्देन लामाले आज यसो भने।

105 दिनको बन्दले शुन्य उपलब्धि हासिल हुनुमा विमल गुरुङ जिम्मेवार रहेको बताउँदै लामाले गुरुङले पहाडका जनतालाई ठूलो समस्यामा पार्न लागेको थाहा पाएपछि नै जनतालाई समस्याबाट बँचाउन बिनय तामङ अनि अनित थापाले उचित पहल गर्दै जीटीए वोर्ड अफ् एडमिनिस्ट्रेसन ग्रहन गरेको दाबी गरे।

‘हामी गणतन्त्रमा विश्वास गर्छौँ अनि विमल गुरुङले भने बम बिस्फोट गर्न थाले। यस्तो घट्नाले सम्पूर्ण गोर्खाहरूलाई नै अतङ्ककारीको दृष्टिले हेरिने भय भयो,’ लामाले भने, ‘त्यस्तो घातक आरोपबाट बाँच्न अनि जनतालाई बँचाउन बिनय तामङहरू विमल गुरुङको साथ छोडेर अघि बढेका हुन्।’

सुरुका दिनहरूमा विमल गुरुङले गान्धीवादी नीतिमा राम्रो आन्दोलन गरे पनि अहिले भने उनले गान्धीको तस्विर राखेर आतङ्क फैलाउने कार्य गरेको उनको आरोप छ। भने, ‘गान्धीको तस्वीरमा धुप बालेर यता अशान्ति फैलाउने कार्यले गोर्खाल्याण्ड हुँदैन। हामी गणतान्त्रिक पद्धतिमा गोर्खाल्याण्डको कुरा गर्छौँ। विमल गुरुङ अब फर्कन नसक्ने भइसके। यसकारण उनीबाट जनताले गोर्खाल्याण्ड ल्याउनेछ भने अपेक्षा गर्नु हुँदैन।’

विमल गुरुङबाट आन्दोलनको नेतृत्व दिनसक्ने अपेक्षा राख्नु मुर्खता हुने बताउँदै बरु बिमल गुरुङ बिनय तामङहरूको नेतृत्वमा पार्टीका कार्यकर्ता भएर आउन सक्ने बताए। ‘यदि विमल गुरुङले आफ्नो कार्यशैली परिवर्तन गर्छन् भने हामी उनलाई स्वागत गर्छौँ,’ उनले थपे, ‘हामी उनलाई पार्टीको अध्यक्षका रूपमा स्वागत गर्दैनौँ तर उनले गणतान्त्रिक आन्दोलन साथ दिन चाहन्छन् भने पार्टीका साधारण सदस्यका रूपमा स्वागत गर्छौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन