डेङ्गुलाई लिएर ममताको आलोचना गर्दा डाक्टरले पाए यस्तो सजाय

कोलकाता:
पश्चिम बङ्गालको उत्तर 24 परगाना जिल्लाका एउटा डाक्टरले स्वास्थ्य व्यवस्थालाई लिएर ममता ब्यानर्जीको आचोलना गरेका थिए। सरकारको आलोचना गर्नु डाक्टरको निम्ति यति धैरै खतरा सिद्ध भयो कि उनले नोकरीबाट नै हात धुनु पऱ्यो।
उत्तर 24 परगानाको बरसातमा अवस्थित जिल्ला अस्पतालका सिनियर डाक्टर दत्ता चौधरीले सोसियल मिडियामा डेङ्गुको भीषण समस्यालाई लिएर सरकारको लापार्वाहीको आलोचना गरेका थिए। सिनियर डाक्टर चौधरीले सोसियल मिडियामा डेङ्गुसित सामना गर्नुमा असफल भइरहेको सम्बन्धमा सरकारको जमेर आलोचना गरेका थिए।
डाक्टर चौधरीले यो पनि आरोप लगाएका छन् कि बरसातको जिल्ला अस्पतालमा सैयौँका सङ्ख्यामा डेङ्गुका विरामीहरू आइरहेका छन् अनि धेरै सङ्ख्यामा विरामीहरूको मृत्यु भइरहेको छ। तर डाक्टरहरूलाई विरामीहरूको मृत्यु डेङ्गुको कारण भएको होइन भन्न लगाएर विरामीहरूको मृत्युको कारणको अर्कै स्वास्थ्य समस्या देखाउन बाध्य गराइँदैछ। जसले गर्दा ममता सरकारले डेङ्गुको कारण मर्नेहरूको सङ्ख्या कम देखाउन सकोस्।
बङ्गालका चिकिस्ता विभागले डाक्टर चौधरीको व्यवहार अस्पतालका निम्ति ‘गैर प्रतिनिधित्वकारी र अपमानजनक’-भन्दै उनलाई बर्खास्त गरेको हो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन