कोलबोङ खेल मैदानमा गोरामुमो जनसभा: छैटौं अनुसुची नै गोर्खाल्याण्डसम्म पुग्ने सिँडी: गोरामुमो

सञ्जय निरौला/ बिजनबारी:‘हरियो झण्डाले अबको पहाडको राजनीतिमा मुख्य भुमिका निभाउँछ। गोर्खाल्याण्डसम्म पुग्नका निम्ति छैटौँ अनुसूचिले नै बाटो देखाउँछ। गोर्खाल्याण्डसम्म पुग्ने सिँडी छैटौँ अनुसूचि हो।’
उक्त कुरा पुल बिजनबारी समष्टि अन्ततर्गत गोक दुई ग्राम पञ्चायत अन्तर्गत कोलबोङ खेल मैदानमा आयोजित गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको जनसभालाई सम्बोधन गर्दै वक्ताहरूले भनेका हुन्।
गोजमुमो नेताहरूले उक्त जनसभाबाट छैटौँ अनूसूचि भएर नै गोर्खाल्याण्डसम्म पुग्ने बताए। उनीहरूका अनुसार छैटौँ अनुसूचिको विरोध भएको कारण नै आज जनताले दुःख पाइरहेको अ गोजमुमोले राजनैतिक गोटी सेकिरहेको हो। 105 दिनको बन्द समेत गोजमुमोको नाटक मात्र रहेको भन्दै अब यस्ता दिनहरू नआउने पनि वक्ताहरूले बताए।
बिजय सुब्बाको अध्यक्षतामा सम्पन्न जनसभामा केन्द्रिय सदस्य प्रभास्कर ब्लोन, सन्दिप लिम्बू, वाइ लामा सञ्जोग गुरुङ, आरसी गुरुङ, कमल गुरुङ आदि विशेष रूपमा उपस्थित थिए।
जनसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य प्रभारक ब्लोनले भने, ‘अब सठिक मालिक लालकोठी फर्किने दिन आइसकेको छ। पहाडमा जीटीएको कुनै स्थान छैन। पहाडको जनतालाई हरियो झण्डाले नै छहारी दिन्छ।’
अर्का केन्द्रिय सदस्य सन्दीप लिम्बुले भने, ‘गोर्खाल्यान्ड ल्याउछु भन्दै छिचिमिरा जस्तो थुप्रै जन्मिन्छ। उनीहरूले धाक मात्रै पिट्छन्, केही गर्न सक्दैनन्। आज पहाडमा यो लथालिङ्गै स्थिति बनाउनुमा को जिम्मेवार छ सो जनताले बुझिसकेका छन्।’
उनले गोरामुमो इमान्दार भएतको कारण नै अहिले पहाडका विभिन्न स्थानहरूबाट नयाँ समर्थक आउने क्रम जारी रहेको बताए। गोरामुमोले पहाडको अविभावकको रूपमा काम गर्दै जनहितको निम्ति काम गर्ने भन्दै उनले गोरामुमो कसैको इशारामा चल्ने पार्टी नरहेको बताए।
सुरेन गुरुङद्वारा सञ्चालित जनसभामा केन्द्रिय समितिका सदस्यहरू सजोक गुरुङ, आरसी गुरुङ, कमल गुरुङ, वाइ लामा, गायस सुब्बा जेके राई, एनके खवास, मुन्ना तामाङ लगायतले सम्बोधन गरेका थिए। जनसभामा पुल बिजनवारि तथा रिम्बिक लोधोमा समष्टिका समर्थकहरूको उपस्थिति थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन