किराँत धर्मगुरु फाल्गुनन्द जन्मजयन्ती पालन

रिम्बिक:
किराँत धर्मगुरू फल्गुनन्द लिङदेनको 133 औं जन्मउत्सव बाँसबोटेमा भव्यरूपमा पालन गरियो। धर्मगुरू फाल्गुनन्दलाई किराँतीहरूले शान्तीको प्रतीक तथा 20औँ शताब्दीका महान समाज सुधारकका रुपमा मान्ने गर्छन्।
किराँत धर्म तथा साहित्य उत्थान नालि फुङवा बाँसबोटे शाखादारा आयोजित उक्त कार्यक्रममा प्रान्तीय जिल्ला महासचिव बिष्णुलाल काम्बाङको अध्यक्षतामा गरियो। नन्द कुमार लक्सम तथा सञ्जिव नुगोकोद्वारा सञ्चालित कार्यक्रममा सदाङ्गेन वररूमसाबा (सब्दी गुरू), प्रकाश काम्बाङ, लक्ष्मी सागर काङ्बाङ्लगायतले फाल्गुनन्दको जीवनी तथा विश्व शान्तिको निम्ति उनले देखाएका मार्गमा लाग्ने लगायतका प्रवचन प्रस्तुत गरे भने अतिथिबाट लक्ष्मण लिम्बु जुहार मान लिम्बु लगायतले आफ्नो सम्बोधन राखे। धार्मिक ऱ्यालीले गाउँ परिक्रम गर्दै धार्मिक साङितिक तथा सास्कृतिक कार्यक्रमको साथमा भएको जन्मोत्सव कार्यक्रममा वरिपरिका गाउँ लिङ्सेङबुङ, नाम्ला, फटिन्टार, गैरिगाँव लगायत वरिपरिवाट किराँत धर्मवालम्बी लगायत अन्य धर्मका अनुयायीहरूको बाक्लो भीड थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन