हरफ-मा प्रणय दाहाल

प्रणय दाहाल, कालेबुङ


 

फुटबल


कहिले आकाशतर्फ

कहिले कसैको खुट्टामा

कहिले उँभो

कहिले उँधो

कहिले यता

कहिले उता

घरि कसले जमाउँछ

घरि कसले फ्याकँछ

घरि कसले टिप्छ

पालैपिलो सबैको

आक्रमण सहन गर्ने

फुटबल

हो कि

जनता?


बापु

तिमीले छाड़ेर गएको सत्य वचन त

अहिले अलपत्र भएर

उडिरहेको छ हावामा

 

तिमीले सिकाएको नेतृत्व त

अहिले विकाउ नेतृत्वमा

परिणत भएको छ

 

तिम्रो निर्भिक्ता त अहिले

कुनै ठुलो नदीमा बगिरहेको छ

 

म्युजियममा राखिएको

वस्तु भयौ बापु

तिमी त

 

बापु

तिम्रो लाशमाथि उभेको छ लोकतन्त्र

त्यसकारण म बापु भएको छु

तिमीजस्तै।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन