कवि नोर्जाङको गजल संग्रह लोकार्पण

दार्जीलिङ, 12 नोभेम्बर।


गाउँलेहरूले गरिदिए कवि नोर्जाङको गजल संग्रहको लोकार्पण। आज सिंहमारी कैलु लामा पथमा अवस्थित सार्वजनिक भवनमा एक कार्यक्रमको आयोजना गरी सिंहमारी गरिमा संस्थानले नोर्जाङ स्याङ्देनद्वारा रचित गजल संग्रह तिमी छौ किन जिन्दगी-को लोकार्पण गरिदियो।

दार्जीलिङ नगरपालिका वार्ड नम्बर 28-का नगरपार्षद लाकपा शेर्पा, समाजसेवी अशोक मोक्तान आदिको विशेष पहलमा गठऩ भएको सिंहमारी गरिमा संस्थानको आयोजनामानै नोर्जाङ स्याङ्देनको गजल संग्रह लोकार्पण गरियो। साहित्यकार दलसिंह अकेलाको मुख्य आतिथ्य अनि वरिष्ठ साहित्यकार कर्ण थामीको आध्यक्षमा आयोजना भएको यस कार्यक्रममा अन्य वरिष्ठ साहित्यकार अनि विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए।

60-को दशकदेखि कविता विधामा लागिपरेका नोर्जाङले आजसम्म 5 वटा कृति प्रकाशमा ल्याइसकेका छन् भने उनी विभिन्न पुरस्कारहरूले पनि सम्मानित बनिसकेका छन्। उनले गाउँलेहरूको पहलमा आफ्नो कृतिको लोकार्पण भएकोमा खुशी व्यक्त गर्दै यसको लागि विशेष नगरपार्षद लाकपा र समाजसेवी अशोक मोक्तानप्रति आभार व्यक्त गरे। यस कार्यक्रममा प्राध्यापक अजित बस्नेत, मणि राई धुन, कमल रेग्मी, स्नेहलता राई साथै अन्य उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन