रेलिङ-कैंजले र तकभरमा गोजमुमोको सभाः समस्या समाधान गर्नको साटो अझ समस्या थपिएको आरोप

दार्जीलिङ, 12 नोभेम्बर।


गोर्खाल्यान्ड राज्य प्राप्तिको निम्ति रेलिङ-कैंजले समष्टिले निरन्तररूपमानै कार्यक्रम गर्दै आइरहेको छ। अलग राज्यले मात्र गोर्खा जातिको समस्या समाधान हुनेछ, तर यसपालिको आन्दोलनले गोर्खाहरूको समस्या समाधान गर्नको साटो अझ समस्या थपिएको छ भन्दै गोर्खा जनमुक्ति मोर्चा रेलिङ-कैंजले समष्टिका सांगठनिक सचिव अमर खेवाले भने-यो आन्दोलनको कारणनै चियाबारी, पर्यटन क्षेत्र, शिक्षा क्षेत्र डाँवाडोल बन्यो।

आन्दोलनको गाड़ी हाँक्न नजान्दा दुर्घट्ना भए जस्तै भयो यसपालीको आन्दोलन। यसैले अब सही तरिकाले रणनीति बनाएर रोड म्यापअनुसार गणतान्त्रिक ढङ्गमा आन्दोलन गर्नपर्छ भन्ने नेतृत्वहरूको सोंचलाई समर्थन जनाउँदै रेलिङ शाखाका 13 वटा प्रशाखा अनि कैंजले शाखाका 11 वटा प्रशाखाहरूको सभा समष्टि सभापति शरण स्याङ्बोको सभापतित्वमा बसिएको थियो।

जुन सभामा समष्टि सचिव मिलन छेत्री, उपाध्यक्ष राजेन सुब्बा, देवेन तामङ, सांगठनिक सचिव अमर खेवा, समष्टि नारी मोर्चा सभानेत्री पुष्पा लामा, बिर्खबहादुर सुब्बा, अरूण प्रधान, रोशन पोखरेल प्रमुखरूपमा उपस्थित थिए भने सभामा पूर्व सभासद सतीश पोखरेलको हात दह्रिलो पार्न अनि गोर्खाल्यान्डको गणतान्त्रिक आन्दोलनमा थप टेवा पुर्याउन समस्त समष्टि आन्दोलनरत रहेको जानकारी समष्टि सांगठनिक  सचिव अमर खेवाले दिए। यसरीनै गोजमुमोले विमल गुरुङको समष्टि तकभरमा आज विभिन्न भ्रातृ संगठनलाई लिएर दिवाकर गुरुङको अध्यक्षतामा एक सभाको आयोजना गऱ्यो।

निर्मल छेत्रीद्वारा सञ्चालन गरिएको यस सभामा स्वागत भाषण समष्टि अध्यक्ष प्रवीण साम्पाङले पेश गरेको जानकारी युव मोर्चा अध्यक्ष अमृत योञ्जनले बताएका छन्। उनले दिएको जानकारीअनुसार, सभामा तकभर समष्टिका सम्पूर्ण पदाधिकारीवर्गका साथै आलोक कान्तमणि थुलङ केन्द्रिय कोर कमिटी सदस्य, अमृत योन्जन, सतीश पोख्रेल संयोजक दार्जीलिङ महकुमा समिति आदि सामेल थिए।

यसै सभालाई सम्बोधन गर्दै नारी मोर्चा दार्जीलिङ महकुमा समिति संयोजिका सुषमा राईले आज तकभर क्षेत्रमा सभा गर्नुको मुख्य उद्देश्य विनय तामाङ अनि अनित थापाद्वारा गरिएको गणतान्त्रिक आन्दोलनलाई सहयोग गरी उनीहरुका हात बलियो बनाउनु हो भन्ने बताइन्। यसरीनै प्रवीण साम्पाङ्ले पनि सभालाई सम्बोधन गर्दै विमल गुरूङको अगणतान्त्रिक आन्दोलनलाई सहयोग नगर्ने वचन दिएको अमृत योञ्जनले जनाएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन