लक्ष्यको दार्जीलिङलाई राम्रो बनाउने लक्ष्य

दार्जीलिङ, 12 नोभेम्बर।


दार्जीलिङलाई राम्रो बनाउन सर्वप्रथम दार्जीलिङे जनता ठीक हुनपर्छ भन्ने सोंच लिएर 2 वर्षअघि गठन भएको लक्ष्यले दार्जीलिङलाई सफा, सुन्दर र अनुशासित बनाउने पनि लक्ष्य राखेको छ। यस सामाजिक संस्थाका प्रत्येक कार्यकर्ताहरूमा दार्जीलिङलाई प्रत्येक क्षेत्रमानै राम्रो बनाउने उत्कट इच्छा छ, यसैले उनीहरूले दार्जीलिङमा सबै कुरानै राम्रो होस् भन्ने चाहेका छन्।

ठण्डा महीनाको समय ट्यूशन पढ्न वा अन्य कामले समतल झर्ने विद्यार्थीहरूमा अनुशासन हुनपर्छ भन्ने सोंचदेखि दार्जीलिङको बेरोजगारी समस्या, दार्जीलिङको सुन्दरीकरण, सफाई, व्यवस्थित पार्किङ, स्ट्रीट लाइट आदि समस्यासम्मको समाधान हुनपर्छ अनि यसको लागि स्वयं जनता सचेत हुनपर्छ भन्ने सोंच राखेर यस संगठनले जागरूकता कार्यक्रमहरू गर्दै आएको बताएको छ।

यसबारे संगठनका संयोजक राजेश गुरूङ, कार्यकारी सदस्य प्रेमित लेप्चा साथै अन्यले एकै स्वरमा भने-दार्जीलिङलाई राम्रो बनाउनअघि यहाँका जनता आफै पहिले राम्रो हुनपर्छ, यदि यसो हुनसके दार्जीलिङ साँच्चै राम्रो हुनेछ। जसको उदाहरण हालै दार्जीलिङमा शुरू गरिएको नयाँ ट्राफिक नियम हो। यदि दार्जीलिङको ट्राफिक नियमलाई राम्रो बनाउन ट्राफिक पुलिसको मात्रै प्रयास भएको भए आज यहाँको ट्राफिक समस्या उस्तै हुनेथियोे, तर यसलाई यहाँका गाड़ी चालकहरूले पनि सहयोग गरेको कारण यहाँको ट्राफिक व्यवस्था राम्रो भएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन