योगेस ग्याबा तामाङको ‘कलम’ सार्वजनिकः कविता शान्त वातावरणमा  स्वतःस्फुर्त भावना प्रवाहित हुने चीज हो- मनप्रसाद सुब्बा

दार्जीलिङ: कविता शान्त वातावरणमा  स्वतःस्फुर्त प्रवाहित हुने चीज रहेको  वरिष्ठ कवि मनप्रसाद सुब्बाले बताएका छन्। बिजनबारी,कैजलेका युवा कवि योगेश ग्याबा तामाङको पहिलो कविता सङ्ग्रह ‘कलम’-को विमोचन कार्यक्रममा बोल्दै उनले यसो भनेका छन्।

तिनले कविता भनेको पुनर्स्थापनाभित्र उब्जिएका भावनालाई व्यक्त गर्नु र अहिलेको भाषाको तान, रिदम र टोन पहिले नै बुझ्नुपर्ने बताए। ‘लय पक्रनु सकेन भने कविको अभिव्यक्ति पुरानो हुँदै जान्छ , अभिव्यक्तिको स्पर्शले कविता बन्नुपर्छ र कविताभित्र एक प्रकारको अमूर्तता रहन्छ नै,’ मनप्रसाद सुब्बाले अझ भने, ‘योगेसको कलम कविताकृतिमा समाजलाई बनाउँछु, जातिलाई केही दिन्छु भनेर आदर्श कुराहरू गरिएको छ। तिनी कविताको प्रारम्भिक अवस्थामा छन् र विस्तारै आफ्नो अभिव्यक्तिलाई बढाएर लैजान्छ भन्ने आशा गर्छु।’

योगेश ग्याबा तामाङको पहिलो कविता सङ्ग्रह कलम आइतबार दार्जीलिङको हिमालय कला मन्दिरमा लोकार्पण गरिएको हो। कृति  सभाध्यक्ष कवि नगेन्द्र गोर्खा, मुख्य अतिथि वरिष्ठ कवि मनप्रसाद सुब्बा,विशिष्ट अतिथिहरु कवि मिलन वान्तवा,कविको माता गीता ग्याबा तामाङ,आकाशवाणी खरसाङको उमेश कार्कीढोली, प्रधान अध्यापिका निरुपा राई,पत्रकार सबिता सङ्कल्प,सिक्किमका अधिवक्ता एचएम राईको बाहुलीबाट लोकार्पण गरियो।

निमेश सुब्बा सिकारुले स्वागत सम्भाषण राखेको कार्यक्रमलाई कवि विकास विस्मितले सञ्चालन गरेका थिए। कार्यक्रमको पहिलो सत्रमा कविहरु कृतिका दाहाल, जयकुमार राई, अम्बर लाछिकाठी, हनोक थापा, प्रवीण खालिङ लगायत दोस्रो सत्रमा कविहरु शेरबहादुर कार्की,निमेष सुब्बा सिकारु,संजोग खवास, मुक्तिनाथ शर्मा, विकाश विस्मितले पनि कविता पठन गरेका थिए। आज लोकार्पण गरिएको कृति कलममाथि वरिष्ठ कवि नगेन्द्र गोर्खाले समीक्षात्मक टिप्पणी राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन