रूसी क्रान्तिलाई सम्झिँदै लाली गुराँस: सङ्घर्षको बाटोमा हिँड्ने आह्वान

कालेबुङ:
रूसी क्रान्तीको शतवर्षको अवसरमा आज लाली गुराँस पत्रिका समुहले कालबुङ शहरमा पर्चा वितरण, पोष्टरिङ आदि गर्दै रूसी क्रान्तिलाई सम्झिएको छ। लाली गुरास समुहले पोष्टर र पर्चामा रूसी क्रान्तीको कुरा उल्लेख गर्दै आजको राजनैतिक, समाजिक, वैचारिक खोक्रोपनलाई नकारेर क्रान्तिलाई सम्झिँदै सङ्घर्षको बाटोमा हिँड्ने अनि प्रगतिको बाटो निर्माण गर्ने आह्वान गरेको छ।
लाली गुरास पत्रिकाले रूसी क्रान्ति अनि यहाँका समाजलाई तुलनात्मक रूपमा हेरेको छ। हाम्रो समाजमा शिक्षाको व्यवसाय चल्छ, सरकारी स्कूलको ठाउँमा नीजि स्कूल, सरकारी खर्च तिर्न नसकेर भाषा मास्ने कुचटनीति अप्नाउँछ। जबकी सय वर्षअघि रुसी क्रान्तिपछि सोभियत रसियाले मातृ भाषामा निःशुल्क शिक्षाको अधिकार दिएको थियो। निःशुल्कमा प्राथमिकदेखि उच्चशिक्षा, क्रान्तिभन्दा अधि लिपी नभएका 40 वटा भाषामा पाठ्यक्रम दिएको कुरा पोष्टरमा उल्लेख छ। यता चियाबारी, कुलैनबारीका श्रमिकहरूको मानिलाका अधिकार छैन, उनीहरूले परीश्रम अनुसारका ज्याला पाएका छैन्। तर सय वर्षअधघि भएको रूसी क्रान्तिपछि नै मदजुर किसानहरूले दासत्व मुक्ति पाएको कुरा उल्लेख गर्दै यता पनि रूसी कान्ति जस्तै सङ्घर्ष गरिनपर्ने लाली गुरास समुहको आह्वान छ।

‘यहाँ पनि मजदुरहरू छन्,किसानहरू छन्’-समुहका सदस्य अम्बिका राईले भनिन्, ‘यहाँको समाज पनि रूसको सयवर्षअघिको समाजसित मेल खाने भएकोले हामीले रूसा क्रान्तिको प्रचार-प्रसार गरेका हौँ।’
लाली गुराँस समुहका अम्बिका राई, छेवाङ योञ्जन आदि समुहका सदस्यहरूले डम्बरचोच, सीकेचोक, हाटबजार आदि स्थानमा पोष्टर टाल्दै मानिसहरूलाई पर्चा वितरण गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन