त्रिपक्षीय वार्ताको पहल स्वागतयोग्य-विद्यार्थी मोर्चा

दार्जीलिङ:

‘केन्द्रले अहिले राज्यलाई त्रिपक्षीय वार्ताका लागि चाप दिइरहेको छ। यसको लागि देशको गृह मन्त्रालयबाट राज्य अनि बिमल गुरूङलाई पत्रचार गर्ने जुन पहल गरिएको छ यस पहललाई हामी स्वागत गर्छौँ’-विमल पक्षका गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस पहलका लागी प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री राजनाथ सिंह अनि सासंद एसएस अहलुवालीयाप्रति आभार प्रकट गर्छौँ।’

विद्यार्थी मोर्चा केन्द्रिय सह-सचिव अनमोल थापाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिए अनुसार गत जुन महिनादेखि गणतान्त्रिक ढङ्गमा थालिएको गोर्खाल्याण्ड आन्दोलनको उद्देश्य गोर्खाल्याण्ड राज्य गठनको निम्ति केन्द्र र राज्यले त्रिपक्षीय वार्ता डाकेर डायलग ओपन गर्नुपर्छ भन्ने थियो। केन्द्रले यसमाथी पहल गरिरहेको छ तर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आफ्नो जिम्मावरीबाट भागीरहेको विद्यार्थी मोर्चाको आरोप छ।

‘आफ्नो जिम्मेवारीबाट भाग्नु उचित होइन। भारतको संघिय ढाँचालाई सम्मान गरेर मुख्यमन्त्री पनि त्रिपक्षीय वार्ताको निम्ति तयार हुनपर्छ’-विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो स्वार्थपूर्तिका लागि मुख्यमन्त्रीलाई वार्तादेखी विमुख बनाउने काम पहाडकै मौकावादी, बिकाउ नेताहरूले गरिरहेका छन्।’

विज्ञप्तिमा गोरामुमोको नाम उल्लेख नगरी गोर्खाल्याण्डको आन्दोलन र बन्दको 90 दिन नपुग्दै आफै राज्य सरकारलाई पत्रचार गरेर नवान्नमा घुडा टेक्न पुगेदेखि नै राज्यको टाउको हल्का भएको कुरा उल्लेख गरिएको छ। यसबाहेक विनय र अनीत खेमामा जानेहरूलाई आत्मासम्मान नभएका मौकावीहरूको संज्ञा दिइएको छ।

‘आज जसले घरमा पुलिस र गुन्डा लगाएर घर तोडफोड र आगजनी गर्न लगाउदैछ त्यसै गुट्मा गएर फेरी कुन मुखले गणतन्त्रको कुरा गरिरहेछन?’-विद्यार्थी मोर्चाले प्रश्न गरेको छ।

विज्ञप्तिमा विमल गुरुङ अझ पनि इमान्दार रहेको दावी गर्दै मोर्चा र मोर्चाको झण्डालाई अवैध रुपले चलाउने काम भइरहेको विद्यार्थी मोर्चाको आरोप छ।  ‘विमल गुरूङ अझै मुद्दा प्रति इमान्दार छन्। तर उनीहरूले ममतासँग मिलेर विमल गुरुङको झण्डा र पार्टीको नाम अवैध तरिकाले चलाइरहेका छन्।उनीहरूले बगालको कुर्सी सम्हालेर कुन मुखले गोर्खाल्याण्ड भनिरहेका छन्?’-विद्यार्थी मोर्चाले प्रश्न गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन