जनजातिको मुद्दालाई लिएर सर्वभारतीय स्तरमा अभियान चलाउने

कालेबुङ: खस जनजाति सङ्घले खस समुदायलाई मात्र होइन सम्पूर्ण 11 वटा जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउन सर्वभारतीय स्तरमा अभियान चलाउने निर्णय गरेको छ। आईतबार यहाँको श्यामादेवी भवनमा बसेको एउटा सभामा जनजातिको मुद्दालाई राष्ट्रव्यापी बनाउने निर्णय लिएको सङ्गठनका सचिव अरूण छेत्री अनि सल्लाहकार विष्णु छेत्रीले जानकारी दिएका हुन्।

‘हामीले 8-9 वर्षदेखि जनजातिको हितमा काम गर्दै आइरहेका छौँ, बैठकमा पनि खसहरूको हितको निम्ति कुरा भयो’-सचिव अरूण छेत्रीले भने, ‘बैठकमा जनजातिको मुद्दालाई सर्वभारतीय स्तरमा पुऱ्याउने विषयमा छलफल भयो।’

अर्कोतिर पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सङ्गठनका सल्लाहकार विष्णु छेत्रीले खसलाई मात्र होइन 11 वटा जातिलाई जनजातिको मर्यादा दिलाउन सर्वभारतीय स्तरमा अभियान चलाउने निर्णय गरेको बताए।

‘उत्तरपूर्वका गोर्खाहरूलाई पनि समेटेर संसद सत्रमा डेलिगेसन लगेर सम्बन्धित मन्त्रालय, मन्त्रीहरूसित भेटघाट गर्नेछौँ’-छेत्रीले भने, ‘सबैलाई समेटेर भारतीय गोर्खा जनजति सङ्घद्वारा यो मुद्दा अघि बढाउनेछौँ।’

छेत्रीले भने अनुसार 1931 देखि 54 सम्म गोर्खाहरू जनजाति नै थिए। ल्याण्ड एबजर्ब एक्ट 1954 ले जनजातिको मर्यादा खोसिदिएको हो। जनजातिको मागलाई ठिकसित उठान गर्न नसेको कारण नै अहिलेसम्म प्राप्त गर्न नसकेको छेत्रीको बुझाइ छ।

‘केन्द्र सरकारले पनि जनजातिको मुद्दामा प्रतिश्रुति दिइसकेको हो’-छेत्रीले भने, ‘तर जनजातिको आन्दोलन ठिकसित अघि बढाउन नसकेकोले गर्दा छिनाफाना हुन नसकेको हो, 2019 भित्र छिनाफाना गर्ने हाम्रो प्रयास छ।’

जनजातिको मुद्दा सहुलियतको निम्ति मात्र नभएर भूमि अधिकारको पनि कुरा आउने भएका कारण जनजातिको मुद्दा छिनाफाना हुनसके यो छुट्टै राज्यको घडेरी हुनसक्छ भन्ने छेत्रीलाई लागेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन