ओलम्पिकको तयारीः उत्तरपूर्विय क्षेत्रका खेलाडीहरूलाई लिएर जलपाइगुढीमा 18 दिसम्बरमा हुँदैछ ट्रायल

The Olympic Rings stand in front of the flags of Nations in the Olympic Park in Sochi.. Picture date: Monday February 3, 2014. See PA story OLYMPICS Sochi. Photo credit should read: David Davies/PA Wire.

कालेबुङ: भारतमा अहिले 2020 अनि 2024 को ओलम्पिकलाई लिएर प्रतिभावान खेलाडीहरूलाई खोजी निकाल्ने तयारी शुरू भइसकेको छ। नेशनल युवा कोअपरेटिभ सोसाइटी दिल्लीको आयोजनामा उत्तरपूर्विय क्षेत्रका खेलाडीहरूलाई लिएर पहिलोचोटी जलपाइगुडीमा आगामी 18 नोभेम्बरका दिन यसको ट्रायल भइरहेको छ।

उक्त दिन 100, 200 अनि 400 मिटरको दौडमा छनौट हुने भएको छ। आयोजक पक्षको एउटा सदस्यका रूपमा कालेबुङ कृषक कल्याण सङ्गठनले यसबारे जानकारी गराउँदै पहाडका खेलाडीहरूका निम्ति यो एउटा ठूलो अवसर रहेको बताएको छ।

‘उत्तरपूर्विय क्षेत्रका खेलाडीहरूलाई छनौट गर्दा दार्जीलिङ पहाडलाई पनि समावेश गरिएको छ’-सङ्गछनका महासचिव विष्णु छेत्रीले भने, ‘यो हाम्रो निम्ति ठूलो अवसर हो।’

छेत्रीले उक्त प्रतियोगितामा अङ्शग्रहण गर्नका निम्ति सङ्गठनले विभिन्न सम्बन्धित संस्थाहरू, स्कूलहरू आदिसित सम्पर्क बनाइराखेको जानकारी दिँदै प्रतिभाशाली खेलाडीहरूले यो अवसरको फाइदा लिन आह्वान गरेका छन्।

छेत्रीले आगामी दिनमा खेलकुदलाई लिएर बुनियादी ढाँचा व्यवस्थित गर्ने सङ्गठनको प्रयास रहेको बताउँदै सङ्गठनले 2018 मा उत्तरपूर्विय क्षेत्रलाई लिएर महिला फूटबल टुर्नामेन्ट गराउने प्रस्तावना लिइएको पनि छेत्रीले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन