राज्यले लेख्यो केन्द्रिय गृहमन्त्रालयलाई पत्रः भन्यो- विमल गुरूङलगायत हुने वार्तामा राज्य बस्न इच्छुक छैन

कलकत्ताः केन्द्रीय गृह मन्त्रालयका मुख्य सचिवद्वारा राज्य सरकारका मुख्य सचिवलाई पहाडको मुद्दाबारे त्रिपक्षीय वार्ता गर्न इमेल मार्फत पत्रचार गरिएको थियो। जसमा बैठकमा केन्द्र, राज्य अनि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ बसुन् भन्ने केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले चाहेको आशय थियो।

पश्चिम बङ्गाल सरकारले केन्द्रले सङ्केत गरेको वार्तामा नबस्ने निर्णय गरेको छ।  नवान्न सूत्रले बताएअनुसार राज्यका मुख्य सचिवले केन्द्रिय गृमन्त्रालयलाई पत्रको जवाब फर्काउँदै विमल गुरूङलाई युएपीए मुद्दा लागेकोले उनलाई वार्तामा राख्ने कुरा मान्य नरहेको जनाइएको छ।

राज्य सचिवले केन्द्रिय गृमन्त्रालयलाई दार्जीलिङमा विमल गुरूङहरूले सञ्चालन गरिरहेको जिटीएको मियाद सकिएर अहिले जिटीए कार्यवाहक बोर्ड प्रशासकद्वारा चलिरहेको पनि अवगत गराएका छन्। यसो भएकोले विमल गुरूङहरूसित बैठक गरबस्नुको कुनै औचित्य नरहेको पनि बताइएको छ।

केन्द्रको गृहमन्त्रालयले राज्यलाई 9 नोभेम्बरको दिन इमेल गरेर पहाडको मुद्दामाथि त्रिपक्षीय वार्ता गर्ने र त्यसमा राज्य सरकारको सहभागिता होस् भन्ने कुरा उल्लेख गरेको थियो।

केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले पहाडमा विमल गुरूङकै जनाधार रहेकोले उनलाई वार्तामा राख्ने आशय पोखेका थिए तर राज्य सरकार विमल गुरूङलगायत हुने वार्तामा बस्न अनिच्छुक रहेको स्पष्ट पारेको छ।

राज्य सरकारले पहाडका नेताकोरूपमा अहिले विनय तामाङ अनि अनित थापालाई नै मान्यता दिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन