मोर्चा छोडेर गोरामुमोमा

सञ्जय निरौला/ रिम्बिकः गोजमुमोले हिउँदे राजनीति गरेको अनि आश्वासन बाहेक केही दिन नसकेको भन्दै लोधोमा गोजमुमो शाखाको नाम्ला फरेस्ट बस्तीका 25 घर गोरामुमोमा पसेको छ। डोमा शेर्पाले मोर्चाले सहिदको सपनासित खेलवाड गरेको बताउँदै रिम्बिक लोधोमा समष्टि अधिनस्थ लोधोमा नाम्ला फरेस्ट बस्तीका २५ घरले मोर्चा त्यागेको बताइन्।

गोरामुमोमा लागेपछि स्थानीय सार्वजनिक भवनमा दलीय सहिद समर्थन कार्यक्रम गरियो। जसमा युवा कन्भेनर दावा शेर्पा, शाखा सभापति पेम्बा भुटिया, रिम्बिक लोधोमा समष्टि सह सचिव सुमन तामाङ, शाखा कार्यकर्ताहरु रिवज भुजेल, बीबी राई लगायतको प्रमुख उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन