19 नोभेम्बरमा जनसभाः ‘गोर्खा जातिमा प्रशासन चलाउने पनि क्षमता छ भन्ने प्रमाणित गर्नुपर्छ’

दार्जीलिङ, 13 नोभेम्बर।


गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ महकुमा समितिको आयोजनामा आगामी 19 नोभेम्बरको दिन दार्जीलिङको मोटर स्ट्यान्डमा जनसभा गर्ने घोषणा गऱ्यो। जसमा जीटीएका उपाध्यक्ष एवं गोजमुमो केन्द्रिय समिति सदस्य अनित थापा मुख्य वक्ताका रूपमा उपस्थित रहने गोजमुमो दार्जीलिङ महकुमा समिति सतीश पोखरेलले बताए।

उनले यस जनसभामा गोर्खाल्यान्डप्रेमी जनतालाई व्यापक संख्यामा भेला हुने अपील गरेका छन्। पहाड़मा भइरहेका जनसभाहरूमा मुख्य वक्ता अनित थापानै हुन्छन्, विनय तामाङलाई प्रशासनिक अनि अनित थापालाई राजनैतिक विषय हेर्न दिइने पार्टीको योजना छ? भन्ने प्रश्‍नको उत्तरमा पोखरेलले भने-दिसम्बर महीनामा पार्टीले सुकुनामा जनसभा गर्ने कार्यक्रम बनाएको छ, त्यस जनसभामा विनय तामाङ उपस्थित हुनेछन्।

यद्यपि, पार्टीको कोर कमिटी सदस्य आलोककान्त थुलुङले पार्टी र प्रशासनिक विषयलाई एकै ठाउँमा मिलाएर खिचड़ी बनाउन नहुने बताउँदै गोर्खा जातिमा प्रशासन चलाउने पनि क्षमता छ भन्ने प्रमाणित गर्नुपर्छ। यसैले आगामी दिनमा पार्टी र प्रशासन चलाउनेहरूले अलग-अलग वा आ-आफ्नै जिम्मेवारी निर्वाह गर्नुपर्छ, यसो हुनसके दुवै क्षेत्रमा सफलता हात लाग्नेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन