चियाश्रमिकलाई 4 महीनाको राशिन दिन राजी राज्यः खाद्यमन्त्रीसित अनितको भेट

दार्जीलिङ, 13 नोभेम्बर।


जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-का उपाध्यक्ष अनित थापाले कलकत्ताबाट दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको निम्ति केही महत्वपूर्ण उपहारका गुच्छा ल्याएर आउने थापाले जानकारी गराएका छन्। आज उनले कलकत्तामा राज्यका खाद्यमन्त्री ज्योतिप्रिय मल्लिकसित भेटवार्ता गरी दार्जीलिङ पहाड़का चियाकमानहरूको खाद्य सम्बन्धि समस्याहरूबारे लामो कुराकानी गरे।

यसै कुराकानीको क्रममा राज्य सरकारको तर्फबाट दार्जीलिङ पहाड़का चियाकमानहरूको निम्ति चारवटा महत्वपूर्ण योजनाहरू प्रदान गरिने खाद्यमन्त्री ज्योतिप्रिय मल्लिकले दचन दिएको थापाले बताएका छन्। उनको भनाईअनुसार, विशेष गरी गत 104 दिनको बन्दको कारण पहाड़का चियाकमानहरूको 4 महीनाको राशिन थाँतीमा छ भने आजको भेटवार्तापछि उक्त 4 महीनाको राशिन चाँड़ोभन्दा चा़ँडो प्रदान गर्न राज्य सरकार राजी भएको छ।

बन्दको कारण विशेष चिया श्रमिकहरूलाई खाद्य आपूर्तिमा धेरै समस्याहरू भइरहेको छ। यसैले खाद्यमन्त्रीलाई उक्त प्रस्ताव राखिएको थियो भने उनले तुरून्तै स्वीकार गरेका छन्। यसपछि प्रत्येक चियाकमानमा एउटा एमआर शप (राशिन दोकान), एउटा लेबर अफिस अनि स्वास्थ्य केन्द्र निर्माण गर्न पनि राज्य सरकारले सहमति जनाएको पनि उनले बताए।

जीटीएका उपाध्यक्ष अनित थापाले चियाकमानहरूमा यी तीनवटा विषयमा लामो समयदेखि जटिल समस्या रहेको उल्लेख गर्दै उक्त प्रस्ताव राखेका थिए भने खाद्यमन्त्रीले उक्त प्रस्तावलाई पनि स्वीकार गरेका छन्। उक्त तीनवटा कार्यालयको निम्ति प्रत्येक चियाकमानमा एउटा तीनतल्ले भवनको निर्माण गरिने भएको छ। राज्य सरकारबाट उक्त भवन तथा पूर्वाधारहरू निर्माणको निम्ति प्रत्येक चियाकमानलाई राज्य सरकारको तर्फबाट 8 लाख 77 हजार रूपियाँ प्रदान गरिने भएको छ।

यसबाहेक दार्जीलिङ पहाड़को निम्ति अलगै राशिन संग्रह गर्न दार्जीलिङ, कालेबुङ, खरसाङ अनि मिरिकमा एक-एक गरेर कूल चारवटा राशिन गोदामहरूको पनि निर्माण गरिने भएको छ। प्रत्येक राशिन गोदाममा 5 हजार मेट्रिक टन खाद्य सामग्री संकलन गर्न सकिनेछ।

केही कारण खाद्य सामग्री समतलबाट आउन नसके सोही राशिन गोदाममा संकलित खाद्य सामग्रीहरू वितरण गरिने राज्यको योजना छ। यसबाहेक मट्टितेलको कोटा पश्‍चिम बंगालमा कम्ति गरिदिएको छ। यसैले जीटीए क्षेत्रमा पनि मट्टितेलको कोटा कम गरिएको हो। तथापि, समतल क्षेत्रका चियाकमानहरूको तुलनामा दार्जीलिङका चियाकमानहरूमा मट्टितेलको धेरै आवश्यकता रहेको कारण पहाड़का चियाकमानहरूमा मट्टितेलको कोटा बड़ाउनुपर्ने माग खाद्यमन्त्रीसमक्ष राखे। यस विषयमा पनि खाद्यमन्त्रीले सकारात्मक आश्‍वासन प्रदान गरेका छन्। उनले भने-गोर्खा जनमुक्ति मोर्चा गोर्खाल्यान्डको मुद्दालाई लिएर आफ्नो अड़ानमा अझै पनि अडिग छ।

तथापि जनतामाझ विकास अनि सहुलियतहरू पुर्याउन जीटीए कटिवद्ध छ। यसको निम्ति जीटीएले राज्य सरकारसित प्रशासनिक सम्बन्ध राखेरै कार्य गर्नेछ। राजनैतिक तौरमा अनि मुद्दागत हिसाबमा राज्यमा सत्तासीन तृणमूल कंग्रेससित मतभेद रहे पनि जीटीएमार्फत राज्य सरकारसित प्रशासनिक सम्बन्ध राखेर पहाड़को हितमा कार्य गरिनेछ। यसको लागि उनले राज्यका खाद्यमन्त्री ज्योतिप्रिय मल्लिकप्रति आभार व्यक्त गरेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन