पुल-बिजनबारी गोक समष्टिमा गोरामुमोमा पैह्रो जाने क्रम जारी

बिजनबारीः गोरामुमो नेतृत्व हरूले सन्चार माध्यद्वारा सङ्गठन विस्तारमा  व्यापक प्रचार गरेता पनि वास्तविक्ता अर्कै छ। दिन दिनै पुल-बिजनबारी गोक समष्टिमा गोरामुमोको धरातल फुक्सिँदै गइरहेको छ। आज मात्र यसै समष्टि अन्तर्गत लुङचोक्रोबाट 18 घर गोरामुमो समर्थकहरूले गोजमुमोको झण्डा थापे।

बदलाको भावनाले ग्रसित गोरामुमोले गोर्खाल्याण्ड होइन केवल पहाड़मा सत्ता हत्याउन चहान्छ भन्दै गोजमुमो समष्टि सभापति एस°एम° राईको पहलमा गोजमुमो केन्द्रीय नेता बिनय तामङ र अनित थापाको सोच र गणतान्त्रिक बिचारलाई समर्थन रहेको जनाए। केही दिन अघि मात्र नोर बस्तीबाट 30 घर गोरामुमो समर्थकहरू गोजमुमोमा सामेल भएका थिए।

यस समष्टिमा गोरामुमोमा पह्रो जाने क्रम जारी छ। हालै पुनर्गठन गरिएको गोजमुमो समष्टि सभापति एस°एम° राई, सचिव दिपक तामाङको सक्रियतामा सङ्गठन दह्रो रहेको बताइएको छ भने 19 नोभेम्बरमा दार्जीलिङ शहरमा हुने जनसभामा समष्टिबाट व्यापकरूपमा उपस्थिति दिने  एस एम राईले जनाए। भक्त प्रसाद राई द्वारा सञ्चालित सभालाई नवराज राई, चन्द्र प्रकाश सुब्बाले सम्बोधन गरे भनि समष्टि नेता राजेश सुब्बाले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन