रोनाल्डोको ह्याट्रिकले रियल विजयी

विज्ञापन

  • म्याड्रिड, 3 मई/2017

रोड टु कार्डिफ नजीक पुगेको छ, स्पेनीश जाइण्ट रियल म्याड्रिड। मङ्गलवार मध्यराति आफ्नै घरेलु मैदान सेण्टियागो बर्नबायोमा खेलिएको च्याम्पियन्स लीगको सेमीफाइनलको पहिलो लेगमा छिमेकी क्लब एथ्लेटिको म्याड्रिडलाई 3-0 -को फराकिलो अन्तरले पराजित गरेपछि डिफेन्डिङ च्याम्पियन रियलले आफ्नो उपाधि जोगाउने सम्भावना बलियो बनाएको छ। यदि यसो गरे उपाधि जोगाउने रियल पहिलो क्लब पनि बन्नेछ।

एथ्लेटिकोविरुद्ध रियलको जीतमा रोनाल्डो हिरो बने। उनले नै गरेको ह्याट्रिकको दममा रियलले यो परिणाम आफ्नो पक्षमा पारेको हो। रियल उसै पनि च्याम्पियन्स लीगको च्याम्पियन क्लब हो। च्याम्पियन्स लीगको उपाधि सबैभन्दा धेरैचोटि रियलले नै उचालेको  छ। 11औं पटक ट्रफी उचालेको जिदानको टीम अब 12औं उपाधिको ताकमा छ। र, यसका लागि नजीक पनि पुगेको छ।

शनिवार खेलिएको डर्बी म्याचमा रियलले दर्शनीय फूटबल खेल्यो। म्याचमा अधिकांश समय बलमा नियन्त्रण राख्ने रोनाल्डो-बेञ्जेमाहरूअघि एथ्लेटिका खेलाड़ीहरू दुर्बल देखिए। म्याचमा पहिलो गोल खेलको 10औं मिनटमा रोनाल्डोले हेडरद्वारा गरे। पहिलो हाफमा 1-0 -को अग्रता लिएको रियलका लागि खेलको 73 र 86औं मिनटमा गोल गरी पोर्तुगेली स्टारले ह्याट्रिक पूरा गरे। उच्च लयमा रहेको रोनाल्डोले क्वार्टर फाइनलको दोस्रो लेगमा पनि बलियो जर्मन क्लब बायर्न म्युनिखविरुद्ध विषम परिस्थितिमा ह्याट्रिक गरेका थिए। सेण्टियागो बर्नबायोमा च्याम्पियन्स लीगअन्तर्गत दुइ ठूला म्याचमा गोल मशीन रोनाल्डोले गरेको यो लगातार दोस्रो ह्याट्रिक हो। योसँगै यसपालिको च्याम्पियन्स लीगमा आफ्नो गोल संख्या 10 पुर्याएको छ। अब दोस्रो लेग 11 मईको दिन एथ्लेटिकोको घरेलु मैदानमा खेलिइनेछ। रियललाई अल्झाएर फाइनलमा पुग्न हो डिएगो सिमोनीको एथ्लेटिको म्याड्रिडले कुनै चमत्कार नै गर्नुपर्नेछ, जुन प्रायः असम्भव नै छ। यसभन्दा अघि पनि एथ्लेटिको रियलसँग दुइपटक फाइनलमा हारिसकेको छ। सन् 2013-14 -को फाइलमा 1-4 -को गोलअन्तरले पराजित भएर उपाधि गुमाउने ग्रिजम्यान-टोरेसहरू गतवर्ष पेनल्टी सूटआउटमा पराजित भई उपाधि विमुख बनेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया