आगलागीमा पूर्वसैनिकको घर खरानी

सोनादाः आज बिहानको लगभग ५:३० बजे  सोनादा तामाङ गुम्बा नजिकको गाउँका भूतपुर्व सैनिक हेम कुमार थापाको घरमा एक्कासी आगलागी हुँदा घरमा रहेका सम्पूर्ण समान जलेर खरानी बनेको छ।

सर्टसर्किटको कारण आगलागी भएको हुन सक्ने गाउँलेहरूले बताएका छन्।  अवकाशप्राप्त थापा घरमा एक्लै बस्ने गरेको थाहा लगेको छ भने गाउँलेहरुको सहयोगले आगोलाई नियन्त्रणमा ल्याएको भए पनि आगोले सबैजसो खरानी बनाएको थाहा लागेको छ।

आफु केही काम विषेशले जलपहाड जानुपर्ने भएकोले यहाँलाने कागजपत्र  हातमा लिएर निस्केको र आफुले लगाएको लुगा र त्यही दस्तवेज बाहेक अरु केही पनि निकल्न भने नसकिएको थापाले बताएका छन्।

अग्नि समन विभाग आउन अघि नै गाउँवासीले आगोमा नियन्त्रण लिइसकेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन