युवा मोर्चा टाउन कमिटीः विमलपन्थी विघटनः विनयपन्थी गठन

दार्जीलिङ, 14 नोभेम्बर।


विमलपन्थी युवा मोर्चा टाउन कमिटीलाई विघटन गरेर विनयपन्थी युवा मोर्चा टाउन कमिटीको गठन गरियो। जसको अध्यक्ष राजेश गुरूङलाई बनाइएको छ भने उपाध्यक्ष अर्जुन राई, ध्रुब तामाङ, नरेन छेत्री, महासचिव संजीव मोथे, सहसचिव गणेश सार्की, विकास प्रधान, कोषाध्यक्ष रूपेश तामाङ र मित्र राईलाई बनाइएको जानकारी संजीव मोथेले दिएका छन्।

गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिका महासचिव तिलक छेत्रीको अध्यक्षतामा युवा मोर्चाले एक बैठकको आयोजना गरेर पुरानो युवा मोर्चा टाउन कमिटीलाई विघटन गरी नयाँ कमिटीको गठन गरिएको हो। जसले विनय तामाङ-अनित थापालाई पूर्ण समर्थन जनाएको घोषणा गर्दै गोर्खाल्यान्डको गणतान्त्रिक आन्दोलनलाई साथ दिने वचन दिएको पनि मोथेले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन